site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रत्येक नेपालीको टाउकोमा ४६ हजार ऋण, ४ महिनामै बढ्यो ७ हजार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले प्रत्येक वर्ष बजेट खर्चको स्रोतस्वरुप सार्वजनिक ऋण लिने गर्दछ । सरकारको राजस्व स्रोत र वैदेशिक अनुदानबाट अपुग हुने विनियोजनका लागि आवश्यक रकम आन्तरिक र वैदेशिक ऋणबाट बेहोरिन्छ । हरेक वर्ष अर्थमन्त्रीले बजेट विनियोजनका क्रममा स्रोतका रुपमा परिचालन हुने सार्वजनिक ऋणको अनुमान पेस गर्छन् । आर्थिक वर्ष २०७६–७७ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले करिब ५ खर्ब सार्वजनिक ऋण उठाउने घोषणा गरे । 

आव २०७७–७८ को बजेटमा त त्योभन्दा पनि बढी अर्थात् सवा ५ खर्ब रुपैयाँ सार्वजनिक ऋण लिने उल्लेख छ ।

गत आर्थिक वर्ष सरकारले लक्ष्यअनुसार सार्वजनिक ऋण उठाउन त सकेन तर तिर्न बाँकी ऋण अहिलेसम्मकै बढी दरले बढेको छ । १ वर्षमा सरकारले तिर्न बाँकी आन्तरिक र वैदेशिक ऋण साढे ३ खर्ब रुपैयाँले बढेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको तिर्न बाँकी सार्वजनिक ऋण एकवर्षमै ३३ प्रतिशतले वृद्धि भएको देखिन्छ । महालेखा नियन्त्रकबाट प्राप्त जानकारीअनुसार २०७६ मसान्तसम्म सरकारको तिर्न बाँकी सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा २०७७ असार मसान्तमा १४ खर्ब रुपैयाँ पुगेको हो ।
फिर्ता (भुक्तानी) हुने सावाँ र तिरिने ब्याजभन्दा सरकारले लिने ऋण र त्यसको ब्याज निकै बढी हुँदा सार्वजनिक ऋण धेरै मात्राले बढेको देखिन्छ ।

महालेखा नियन्त्रक गोपीनाथ मैनालीका अनुसार गत असारमसान्तसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण ६ खर्ब र वैदेशिक ऋण ८ खर्ब रुपैयाँ पुगेको छ । 

Global Ime bank

जबकि आव २०७५–७६ को अन्त्यमा यस्ता ऋण क्रमशः ४ खर्ब ५३ अर्ब रुपैयाँ र ५ खर्ब ९३ अर्ब रुपैयाँ थिए । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सरकारको तिर्न बाँकी आन्तरिक ऋण ६ खर्ब १३ अर्ब रुपैयाँ हो ।

सरकारले वर्षभर १ खर्ब १६ अर्ब रुपैयाँ बराबरको वित्तीय व्यवस्था खर्च गरेको छ । जसमा सार्वजनिक ऋणको सावाँ र ब्याजसहित अनुदान समेत समावेश छ । यसमा ऋणको सावाँ र ब्याजमात्र कति छ खुलाइएको छैन । तर, जेठ मसान्तसम्म सार्वजनिक ऋणतर्फ ५० अर्ब रुपैयाँ सावाँ र २३ अर्ब ब्याज गरी ७३ अर्ब रुपैयाँ तिरिएको थियो ।

आव २०७६–७७ को वृद्धिदर अघिल्लो आवको भन्दा निकै बढी हो । आव २०७५–७६ मा सार्वजनिक ऋण १ खर्ब २९ अर्ब (१४ प्रतिशत)ले मात्र बढेको थियो ।

प्रतिव्यक्ति ऋणभार ४६ हजार रुपैयाँ, ४ महिनामै बढ्यो ७ हजार

असार मसान्तसम्म सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणका आधारमा प्रति नेपालीको टाउकोमा ४६ हजार रुपैयाँ ऋण पर्दछ । असार मसान्तमा नेपालको जनसंख्या ३ करोड छ जसले १४ खर्बलाई भाग गर्दा ४६ हजार ६ सय रुपैयाँ पर्दछ ।

प्रतिव्यक्ति ऋणभार फागुन मसान्तको भन्दा ७ हजारले बढेको हो । अर्थमन्त्रीले बजेट अधिवेशनमा संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा प्रतिव्यक्ति ऋण ३९ हजार थियो ।

वर्षभर लिएको सार्वजनिक ऋण र वैदेशिक अनुदानको लेखाजोखा

सार्वजनिक ऋणतर्फ आन्तरिक र वैदेशिक ऋण पर्दछन् । वर्षभर सरकारले १ खर्ब ९४ अर्ब ९० करोड रुपैयाँ बराबरको सरकारले आन्तरिक ऋण परिचालन गरेको छ ।  अर्थमन्त्री खतिवडाले बजेटमार्फत् १ खर्ब ९५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने बताउका थिए । वैदेशिक ऋण भने सरकारले लक्ष्यको आधा पनि उठेको छैन । २ खर्ब ९८ अर्ब रुपैयाँ परिचालन गर्ने भनिएकोमा असार मसान्तसम्म १ खर्ब ३३ अर्ब रुपैयाँमात्र वैदेशिक ऋण परिचालन भएको हो । यो रकम दुईपल्ट गरेको संशोधन बराबर पनि होइन ।

वैदेशिक ऋणमध्ये सरकारले ३० अर्ब ७४ करोड रुपैयाँ नगद ऋण र ३४ अर्ब ८० करोड रुपैयाँ सोझै भुक्तानी प्राप्त भएको हो । यस्तै ६४ अर्ब रुपैयाँ शोधभर्नापछि प्राप्त हुनेछ ।

यस अवधीमा सरकारले १८ अर्ब ८२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ ।  जसमध्ये १ अर्ब ६८ करोड नगद अनुदान छ भने १७ अर्ब १४ करोड शोधभर्नापछि प्राप्त हुनेछ । यही अवधीमा सरकारले संस्थानमा गरेको लगानीवापत् १ अर्ब ३० करोड रुपैयाँ प्राप्त गरेको छ ।

किन चाहिन्छ सार्वजनिक ऋण ?

सार्वजनिक ऋणको तथ्यांक अत्याउने भए पनि यस्ता ऋण अर्थतन्त्रका लागि अत्यावश्यक मानिन्छन् ।  आर्थिक नीति कार्यान्वयनमा सघाउ पुर्याउन, सरकारी क्रियाकलापका लागि पर्याप्त कोष जुटाउन, निजी तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध बढाउन र लगानी मैत्री वातारण तथा रोजगार सिर्जना गर्न सार्वजनिक ऋणको आवश्यक हुन्छ । र, सोही आवश्यकता पूर्ति गर्न बजेटले सार्वजनिक ऋण उठाउने उल्लेख गर्छ ।

अर्थसम्बन्धी जानकारहरुमा भने यस विषयमा बहस चलेको छ । तर, नेपालमा भने अर्थशास्त्रीहरुले सरकारले धेरैभन्दा धेरै सार्वजनिक ऋण परिचालन गर्ने सुझाव दिन्छन् ।

नेपालले सार्वजनिक ऋण लिने ठूलो स्पेस रहेका कारण यस्तो ऋण लिनुपर्ने सुझाव उनीहरुको हुने गरेको छ ।  चालू आवको बजेटमा सुझाव दिने क्रममा उनीहरुले कुल गार्हस्थ उत्पादनको अनुपातमा सार्वजनिक ऋण कम भएको भन्दै ऋण लिने ठूलो स्पेस रहेको सुझाएका थिए । नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको तुलनामा एक तहाई मात्र छ ।

र, सबैलाई आश्चर्य लाग्न सक्छ कि नेपाल विश्वमै कम सार्वजनिक ऋण भएको मुलुकमध्ये एक हो । कुल गार्हस्थ उत्पादनसँगको अनुपातमा सार्वजनिक ऋण हिसाब गर्दा नेपालको जति थोरै दक्षिण एशियाली मुलुक कुनैको छैन । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०१७ मा नेपालको कुल गार्हस्थ उत्पादनको ३०.२ प्रतिशत सार्वजनिक ऋण थियो ।

३०.२ प्रतिशत दक्षिण एसियाका सातै देशमध्ये सबैभन्दा कम हो । नेपालभन्दा माथि बंगलादेशको ३४ प्रतिशत ऋण छ । दक्षिण एसियामा कुल गार्हस्थ उत्पादनको तुलनामा भुटानको सबैभन्दा बढी ऋण छ । भुटानको जीडीपीभन्दा बढी अर्थात् जीडीपीको १ सय २ प्रतिशत ऋण भएको कोषले उल्लेख गरेको छ । भारतको सार्वजनिक ऋण जीडीको अनुपातमा ६८ प्रतिशत छ ।

२०१७ को तथ्यांकअनुसार नेपालको ८.८ अर्ब अमेरिकी डलर ऋण रहेको छ । जुन विश्वभरका देशहरुको ऋणको ०.०१ प्रतिशत हो । यो तथ्यांक २०२० मा आउँदा पनि उस्तै छ । अहिले नेपालको कुल गार्हस्थ उत्पादन ३४ खर्ब ६४ अर्ब रुपैयाँ छ । यसको अनुपातमा सार्वजनिक ऋण ४० प्रतिशत पुगेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC