site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पन्ध्रकिलोमा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । केहीदिनदेखि परेको अविरल वर्षाका कारण ३६ घण्टापछि खुलेको नारायणगढ मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ । नारायणगढबाट पन्ध्रकिलोमिटर मुग्लिनतर्फ रहेको पन्ध्रकिलोमा मंगलबार राति पौने ९ बजे ठूलो पहिरो जाँदा सडक पुन: अवरुद्ध बनेको हो । 

"पहाडनै खसेको छ, अहिले पनि पहिरो जाने क्रम जारी छ," फिल्डमै खटिएका चितवन ट्राफिक प्रमुखरहेका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले भने । उनका अनुसार पहिरो ठूलो भएको र बाटो रुपमा ढाकेका कारण भोलिसम्म पनि एकतर्फी बाटो खुलाउने सम्भावना न्यून रहेको छ । 

चितवन ट्राफिकले पृथ्वीराजमार्ग अन्तर्गत मौवाखोलाबाट नारायणगढतर्फ रोकिएका करीब १५ सय सवारीसाधनहरुलाई नारायणगढ तर्फ पठाइएको जानकारी दिएको छ भने नारायणगढबाट पोखरा तथा काठमाडौं जाने सवारीसाधनलाई रामनगर नजिकै जुगेडीमा रोकिएको छ । 

"हामीले काठमाडौं तथा पोखराबाट आउने सवारीलाई पास गर्‍यौं," उनले भने, "नारायणघाट मुग्लिन सडक खण्ड खाली जस्तै छ ।"

पोखराबाट आउने सवारीसाधन पनि खैरहनीमा  पहिरो गएको कारण दिनभर उतै रोकिएको उनले जानकारी दिए । मौवाखोलाको बाढी तथा पुलको निरीक्षणमा गएका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई तथा चितवन प्रहरी प्रमुख नान्तीराज गुरुङ्गको टोली समेत १५ किलोको पहिरोको कारण बीचबाटोमै रोकिएको भट्टको भनाई छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  २२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro