site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलकुद विकास ऐन 'ऐतिहासिक' तर प्रवृति पुरानै !
SkywellSkywell

काठमाडौं । खेलकुद विकास ऐन २०७७ गत असारदेखि लागु भयो । नयाँ ऐन कार्यान्वयनमा आएसँगै नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) पदाधिकारीविहीन भयो । 

नयाँ ऐनले खुला प्रतिस्पर्धाबाट राखेपको सदस्य सचिव नियुक्त गर्नुपर्ने उल्लेख गरेपछि तत्कालीन सदस्य सचिव रमेश कुमार सिलवालसहितका पदाधिकारी स्वत: पदमुक्त भए । यससँगै राष्ट्रिय खेलकुद परषद् (राखेप) को सदस्य सचिव नियुक्तिको विषयले यतिबेला नेपाली खेलकुद तातेको छ । सदस्य सचिवको विषयमा विभिन्‍न कोणबाट बहस हुन थालेको छ । सदस्य सचिवका लागि तीन सदस्यीय छनोट समति गठन गर्दै २७ जनाको आवेदन परेको छ ।

खुला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट हुने भन्दै खेलकुद क्षेत्रमा विज्ञता हासिल गरेकादेखि खेलकुद नै नबुझेकाले समेत आवेदन दिए । तर, खुला प्रतिस्पर्धा मात्र आवेदन दर्तासम्मका लागि देखिएको छ । पछिल्लो समय सदस्य सचिव नियुक्तिका लागि देखिएको रस्साकस्सीलाई हेर्दा थप राजनीतिकरण हुने चिन्ता थपिएको  छ । 
 
सदस्य सचिवका लागि आवेदन दिनेहरुले नै माथिको आदेशमा आवेदन दर्ता गराएको भन्‍ने अभिव्यक्तिले ऐनमा राखिएको 'खुला प्रतिस्पर्धा' भन्‍ने शब्दावली नै हास्यास्पद बनेको छ । पछिल्लो समय सदस्य सचिव छनोटका लागि तातेको माहोलले नामको मात्र खुला प्रतिस्पर्धा भएको खेलकुद विश्लेषक सुशील नरसिंह राणाको आरोप छ । 

KFC Island Ad
NIC Asia

“सदस्य सचिवका लागि आवेदन दिनेहरुले नै यतिबेला म यो पार्टीको हुँ । मलाई पार्टीको माथिल्लो तहबाट आवेदनका लागि पठाएको हो भन्दै खुलेआम मिडियामा बताइरहेका छन्,” खेलकुद विश्लेषक राणाले भने, “आवेदकहरुमा पनि ५० प्रतिशत उमेदवार खेलकुद विज्ञहरु छन् भन्ने सुनेको छु । तर, विज्ञताको सवालमाभन्दा पनि पार्टीगत रुपमा सदस्य सचिव नियुक्त हुनुलाई खुला प्रतिस्पर्धा भन्न मिल्दैन् ।”

पछिल्लो समय उक्त पदमा नियुक्तिका लागि खुला प्रतिस्पर्धा नभई राजनीतिक रस्साकस्सीले पुरानै प्रवृतिमा ल्याएको उनको आरोप छ । खेदकुद भित्रको कोटा र पदको बाँडफाँडका लागि मेरो र तेरो मान्छेले स्थान पाउनुपर्छ भन्ने क्रियाकलाप अगाडि बढेको उनले बताए ।  

Royal Enfield Island Ad

तर अर्का खेल विश्लेषक दिवाकर लाल अमात्यले सदस्य सचिव नियुक्तिमा राजनीतिक पहुँच आवश्यक भएको बताए । उनले नेपाली खेलकुद विकासका लागि सदस्य सचिव मुख्य व्यक्ति भएको र राजनीतिक पहुँच आवश्यक भएको बताए । खेलकुद विश्लेषक अमात्यले नेपाली खेलकुद भित्रका व्यक्ति शैक्षिक क्षेत्रमा कम विज्ञता भएकाले शिक्षा क्षेत्रमा विज्ञता हासिल गरेको व्यक्ति नेपाली खेलकुदमा आउनु पर्ने बताए । 

“नेपाली खेलकुदमा आउन खेल क्षेत्रकै व्यक्ति मात्र हुनपर्छ भन्नु गलत हो । त्यसका लागि शैक्षिक व्यक्तिको पनि आवश्यक पर्छ,” उनले भने, “नेपालमा धेरै जसो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले ११ कक्षाभन्दा बढी पास गरेको छैनन् । उनीहरुलाई कसरी टेक्लिकल विषय बुझेको भन्दै सदस्य सचिवका लागि नियुक्त गर्नु ? विदेशी खेलाडीले पढाइलाई पनि महत्व दिएका हुन्छ र त्यहाँ खेल क्षेत्रकै व्यक्ति खेलकुदको उच्च पदमा हुन्छन् ।”

तर, दुबै खेलकुद विश्लेषकले नयाँ ऐनले ल्याएको खुला प्रतिस्पर्धाबाट राखेप सदस्य सचिव नियुक्त गर्ने प्रक्रिया नेपाली खेलकुदकै ऐतिहासिक भएको बताए । उनले नयाँ ऐनले नेपाली खेलकुदमा प्रजातन्त्रिक प्रणाली ल्याएको आभास गराएको बताए । तर, हेर्दा ऐन राम्रो देखिए पनि त्यसको नतिजा हेर्न बाँकी रहेको राणाले बताए ।  

“अहिले राम्रो मात्र भन्‍न सकिन्छ । तर, यो प्रक्रिया कति राम्रो त्यो हेर्न बाँकी छ । अहिलेसम्मको प्रक्रियाले राम्रो नै देखाएको छ । तर, भोलि भन्‍न सकिन्न,” खेलकुद विश्लेषक राणाले भने । उनले यस प्रक्रियालाई सरकात्मक र नकरात्मक दुबै पक्षबाट हेर्न सकिने बताए । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र खेल विशेषज्ञबाट पदाधिकारीमा ल्याउने भनिएकाले ऐन हेर्दा राम्रो देखिएको उनको प्रतिक्रिया छ । तर, त्यसका लागि नतिजाको स्वाद चाख्न भन बाँकी रहेको उनले बताए । 

उनले पार्टीगत नियुक्तिले खेलकुदमा दिर्घकालीन असर पर्नसक्ने धारणा राखे । यस्ता क्रियाकलापले भोलिका दिनमा कुनै पनि जिल्लाको कार्यकर्ताले आफ्नो योग्यता पुगेको भन्दै खेलकुदको केन्द्रमा आउन खोज्दा नेपाली खेलकुदको भविष्य अन्योल हुने बताए । एउटा राम्रो मान्छे राखेपमा आए पनि अब पुरानै स्थिती नरहेको उनको बुझाइछ । 

“पहिले एकल निर्णय थियो । जे गर्दा पनि एकल निर्णयले गरिरहेक थिए । तर, अहिले ऐनले त्यो परिवर्तन गरिदिएको छ । नयाँ ऐनले सात जनाको कार्यकारी समिति हुनु पर्ने उल्लेख गरेको छ,” खेलकुद विश्लेषक राणाले भने, “अब त्यसमध्येका कुनै एक व्यक्तिले कुनै कार्यमा विरोध गर्दाको अवस्था के हुन्छ ? त्यसले नेपाली खेलकुद विकासलाई कति छिटो र छरितो बनाउला ? नेपाली खेलकुदको बाटो कता मोडिएला भन्ने पनि सोच्‍न जरुरी छ ।”

सात सदस्यीय कार्यकारी समितिका कारण राखेपको अन्य सदस्यहरु कुनै बन्द कोठामा बसेर नियुक्त हुनसक्ने खतरा बढेको उनले बताए । यसले राखेपमा मात्र नभई संघहरु समेत राजनीतिज्ञहरुको कब्जामा हुनसक्ने बताए । संघहरु राजनितिज्ञहरुको कब्जामा भइरहेका बेला राखेप पनि त्यही हुनसक्ने उनको बुझाइ छ । राजनितिज्ञहरुले खेलकुदलाई माथि जाने भर्‍याङको रुपमा मात्र प्रयोग गरिरहेको उनले बताए । 

“खेलकुदमा ऐनले फड्को मारेको छ । तर, खेलकुद २००७ साल पहिलेजस्तै थियो अहिले पनि त्यस्तै छ । हामी अहिले पनि सागकै पदकमा रमाएका छौ,” उनले भने, “साग खेलमात्र हाम्रो दायरा होइन । हिजो हामीभन्दा धेरै पछिका देशले आज ओलम्पिकको पदक बोकेर हिँडिरहेका छन् । हामीले त्यो विषय गहिरिएर कहिले हेर्ने । हामी खेलकुद भित्रको पद र भागबन्डामै सीमित छौ ।”

यो गतिले नेपाली खेलकुद अगाडि बढ्न नसक्ने उनले बताए । यसका लागि परिषद् बलियो हुनुपर्ने उनको बुझाइछ । परिषद्को मुख ताकेर मात्र प्रतियोगिता गर्ने प्रवृतिका कारण संघहरुमा राजनिति बढेको उने बताए । यसका लागि संघ आफैंले अगाडि बढ्नु पर्ने खेलकुद विश्लेषक राणाले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro