
काठमाडौं । लकडाउनको कारण लामो समय बन्द भएको सेयरबजार असार १५ गतेबाट खुलेको थियो । बजार खोलेसँगै सुरुआती दिनमा केही उतारचढाव भएको सेयर बजार गत दुई सातामा क्रमिक रुपमा बढ्दै गएको थियो ।
गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति ल्याएपछि यो साताको पहिलो कारोबार दिनमा भने बजारमा उछाल देखिँदा ८ मिनेटमात्रै कारोबार भएर नेप्से पोजेटिभ सर्किटसहित बन्द भयो ।
आइतबार बजारमा जम्मा ६ करोड मात्रैको कारोबार भयो । आतबार भएका सबै कारोबार बजार बढाउन किसिमका मात्रै थियो । धेरैजसो कारोबाबार १०-२० कित्ता मात्रै थियो ।
सोमाबार पनि बजार खुँदा नेप्सेमा आइतबारकै स्वरुप देखियो । प्रि-ओपनिङ सेसनमा नै साढे ३ प्रतिशतले बढेको नेप्से बजार खुको १ मनिट नपुग्दै पोजेटिभ सर्किट लाग्यो । पहिलो पोजेटिभ सर्किट लागेर खुलेको अर्को एक मिनेट नहुँदै दोस्रो पोजेटिभ सर्किट लाग्यो । दोस्रो सर्किटपछि भने केही माथि गएर बजार लगातार ओरालो लाग्यो ।
मौद्रिक नीतिले सेयर बजारको उछाल दुई दिन पनि कायम हुन सकेन र सोमबार नै सेयर बजारमा करेक्सन देखिन पुग्यो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढंगाना बजारमा देखिएको उतारचढावको कारक मौद्रिक नीतिलाई मान्छन् । मौद्रिक नीतिले गर्दा सेयरबजारमा उतारउढाव देखिएको अध्यक्ष ढुंगानको दाबी छ ।
बाह्रखरीसँग कुरा गर्दै उनले भने, “मौद्रिक नीतिका काराण सेयरबजारमा उतारउढाव देखिएको थियो तर बोर्डको नीति तथा कार्यक्रमले बजारलाई आफ्नो लय कायम गर्ने वातावरण बनाएको छ ।”
आइतबारको सेयर कारोबारले पनि मौद्रिक नीतिको प्रभाव सेयर बजारमा परेको देखाएको उनको भनाई छ । उनले भने, “सोमबार पनि सुरुवाति समयमा आइतबारकै ह्याङओभर देखिँदा बजारमा उतारचढाव देखिए पनि बार्डको नीति तथा कार्यक्रमको प्रभावले बजारमा दोस्रो सर्किटपछि स्थिरता आएको छ ।” सेयर बजारमा परिसूचक घढबढ भए पनि लगानीकर्ताले खरिदबिक्री गर्न नपाउने अवस्था आएमा त्यसको कुनै औचित्य नहुने उनको भनाई छ ।
“हामीले परिसूचक कतिले घट्यो र बढ्यो भन्दा पनि बजारमा कतिको कारोबार भयो भनेर हेर्नुपर्ने हुन्छ” उनले भने, “आइतबार पोजेटिभ सर्किट लागेको बजारमा जम्मा ८ मिनेटभन्दा कारोबार भएन तर आज दिनभरी लगानीर्ताले कारोबार गर्न पाए जुन बोर्डको नीति तथा कार्यक्रमको प्रभावले बजारमा ल्याएको स्थीरता हो ।”
उनले बजारमा देखिएको उतारचढावमा कुनै अन्य प्रभाव नभएको बताउँदै मौद्रिक नीतिले केही उछाल आएपनि सोमबार त्यसमा सन्तुलन कायम भएको दाबी गरे । अहिलेको परिस्थिति अनुसार नै आजको सेयर बजार देखिएको अध्यक्ष ढुंगानाको दाबी छ ।
नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको बताउँछन् । “आइतबार धेरै कम्पनीको सेयर मुल्य बढेको र भने आज पनि प्रि ओपनीङ सेसनमा कम्पनीको सेयर मुल्यमा ५ प्रतिशत तलमाथि हुनेगरी खरिदबिक्री गर्न मिल्छ,”अध्यक्ष रानाभाटले भने, “जब बजार खुल्यो प्रि ओपनिङको अर्डरले नै बजार ४ प्रतिशतले माथि गयो भने जुन कम्पनीको मुल्य बढेको थिएन ति कम्पनीको बढ्दा ५ प्रतिशतले माथि गयो ।”
हिजो १० प्रतिशतले बढेका कम्पनीको आज २-३ प्रतिशतले बढ्दा १२-१३ प्रतिशतको प्रोफिट हुँदा ति कम्पनीको लगानीकर्ताले बजारमा सप्लाइ बढाएको र त्यसको प्रभाव आजको बजारमा देखिएको उनले बताए ।
उनले भने, “१२-१३ प्रतिशतले मुल्य बढेपछि ती कम्पनीको सेयर सप्लाइ बढ्ने भयो, हाम्रो बजारको प्रकृति पनि बजार बढ्न थालेपछि बढाइरहने र घट्न लागेपछि झामझुम फाल्ने अथवा जुन कम्पनीको खरिद अर्डर छ त्यसको बिक्री गर्ने छ”, उनले भने, “हाम्रोमा संस्थागत लगानीकर्ता कम भएको अवस्था छ भने हिजो बढेको कम्पनीको आज केही सप्लाई आउने भयो, केही सप्लाई आउन लागेपछि झामझुम बेच्ने अवस्थाले गर्दा बाजार पनि ह्वातै घटेको हो ।”
तीव्र उतारचढाव देखिएको बजारमा सोमबार दास्रो सर्किटपछि कारोबार रकम बढेकोले बजार एक लेभलमा परिपक्व भएको अध्यक्ष रानाभाट बताउँछन् । यद्यपि बजारमा नयाँ लगानीकर्ताको प्रवेशले नै कारोबार रकम पनि बढेको उनले बताए ।
उनले भने, “अहीले प्रवेश गरेका लगानीकर्ता अल्पकालिन हुन अथवा दिद्धर्घकालिन त्यो त भन्न सकिदैन तर बजारमा नयाँ लगानीकर्ता प्रवेशले नै यति धेरै कारोबार भएको हो ।”