site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सातै प्रदेशका प्रयोगशालाहरुको कोरोना परीक्षणको रिपोर्ट ४ दिनमै
Sarbottam CementSarbottam Cement

काठमाडौं । सातै प्रदेशमा कोरोना भाइरसको शंकास्पद गरिएकाहरुको पीसीआर परीक्षणको रिपोर्ट चार दिनसम्ममा आउने भएको छ । यसअघि  कोरोना परीक्षणको रिपोर्ट ५ देखि ७ दिनसम्म लाग्‍ने गरेको थियो ।

सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका निर्देशानालय प्रमुखहरुका अनुसार नमुना संकलन कम हुँदा परीक्षणको दर घटेको जानकारी दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पछिल्लो समय नमुना संकलन कम हुँदा परीक्षण कम भएको जानकारी दिए । उनका अनुसार अपराह्‍न ४ बजे सार्वजनिक गर्ने तथ्यांक पछिल्लो चौबीस घण्टाको हो । उनले भने, “नमुना संकलन कम हुँदा विभिन्‍न प्रयोगशालाहरु कामविहीन भएका छन् ।”

प्रदेश १ मा कोरोना परीक्षणको रिपोर्ट ४८ घण्टामै
प्रदेश १ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश प्रयोगशाला प्रमुख डा. देवेन्द्र यादवले पछिल्लो एक सातादेखि नमुना संकलन भएको बताए । क्‍वारेन्टिन, होल्डिङ सेन्टरमा पनि विदेशबाट आएका व्यक्तिहरु कम हुने र वर्षाको समय हुँदा पनि  नमुना संकलन कम भएको उनले  जानकारी दिए । उनले भने, “पछिल्लो एक सातादेखि कोरोनाको आशंकामा संकलन गरिएका नमुना कम भएसँगै रिपोर्ट पनि ४८ घण्टामै दिन सुरु गरिएको छ ।”

उनका अनुसार यस प्रदेशमा तीनवटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । जसमा  कोसी प्रादेशिक अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला छन् । यी प्रयोगशालाबाट दैनिक दुई सयदेखि २५० वटासम्म नमुना परीक्षण हुने गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिला धेरै नमुना संकलन हुँदा ७२ घण्टापछि मात्र स्वाब परीक्षणको रिपोर्ट दिने गरेकामा अहिले ढिलोमा पनि ४८ घण्टामै रिपोर्ट दिने गरेको उनको भनाइ छ । सातादिन अघिसम्म दैनिक ५ सयदेखि ७ सयसम्म नमुना ‘होल्ड’  हुने गर्थ्यो । तर पछिल्लो एक सातादेखि दैनिक ६ सयदेखि ७ सय नमुना मात्र संकलन हुने गरेको  प्रदेश प्रयोगशालाले जनाएको छ ।

प्रदेश २ मा कोरोना परीक्षणको रिपोर्ट चार दिनमै
प्रादेशिक स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले कोरोनाको आशंका गरिएका व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट अहिले ३ देखि ४ दिनमा  दिने गरेको बताए । उनका अनुसार अहिले भारतबाट फर्किने संख्यामा कमी र कोरोनाको शंकास्पद संक्रमितको संख्या घटेर सोहीअनुरूप नमुना  संकलन भएको जानकारी दिए । 

Global Ime bank

वाग्मती प्रदेशमा चौबीस घण्टामै कोरोनाको पीसीआर रिपोर्ट
वाग्मती प्रदेशमा कोरोना भाइरसको शंकास्पद नमुनाहरुको पीसीआर रिपोर्ट चौबीस घण्टामै दिन सुरु गरिएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरुषोत्तम सेढाईंका अनुसार कोरोना आशंकामा नमुना संकलन गरी प्रयोगशालामा ल्याएको चौबीस घण्टामै रिपोर्ट उपलब्ध हुन्छ ।

उनले भने, “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक यस प्रदेशका अन्य प्रयोगशालामा दैनिक चार सयसम्म नमुना परीक्षण हुँदै आएको छ ।” पहिला नमुना होल्डमा हुने गरेकामा पछिल्लो एक सातादेखि नमुना संकलन नै कम भएको र संकलन भएका सबै परीक्षण हुने गरेको सेढाईंले जानकारी दिए ।

स्वाब कम भएर परीक्षण घटेको मन्त्रालयको दाबी, प्रदेश भन्छन् - स्वाब संकलन घटेकै छैन

कोरोना संक्रमण घटेको देखिएको र लकडाउन खुकुलो छ, भनेर हेलचेक्रयाइँ गर्न नहुने पनि उनको सुझाव छ । उनले भने, “थोरै भए पनि संक्रमण रोक्न सकेका छौं, जसले संक्रमण घटेको छ तर हामी जोखिम मुक्त भने छैनौँ ।”

त्यसैगरी,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेकुमार गुप्ताका अनुसार पछिल्लो समय स्वाब संकलन घटेको छ । उनले भने, “दुई हजारसम्म नमुना परीक्षण गर्न सक्ने क्षमता छ तर स्वाब कम आएको छ ।” उनले दैनिक पाँच सयदेखि आठ सयको नमुना परीक्षण हुने गरेको पनि जानकारी दिए । उनका अनुसार अहिले परीक्षण भइरहेको स्वाब पनि क्यान्टक ट्रेसिङमा परेका र विभिन्‍न प्रदेशबाट आएका  स्वाब छन् ।

गण्डकी प्रदेशमा चौबीस घण्टामै पीसीआर रिपोर्ट
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशानालय प्रमुख डा. विनोदविन्दु शर्माले हाल कोरोना परीक्षणको रिपोर्ट चौबीस घण्टामा दिने गरेको जानकारी दिए । उनले दिनको दुई सयदेखि २५०सम्म नमुना संकलन हुने गरेको बताए । उनले भने, “अहिले नमुना संकलन गरेको चौबीस घण्टामा परीक्षण रिपोर्ट दिने गरेका छौँ ।” उनका अनुसार क्षयरोग केन्द्रमा रहेका दुईवटा पीसीआर मेसिन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको एउटा पीसीआर गरी तीनवटा पीसीआर मेसिनबाट कोरोना परीक्षण हुँदै आएको छ । 

प्रदेश ५ मा पीसीआर परीक्षणको रिपोर्ट ३ देखि ४ दिनमा पाइने
प्रदेश ५ सामाजिक विकास मन्त्रालयअनतर्गतका स्वास्थ्य निर्देशानालय प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले कोरोना परीक्षण गर्न नमुना संकलन गरेको ३ देखि ४ दिनमा परीक्षणको रिपोर्ट आउने जानकारी दिए । उनले भने, “पहिला धेरै नमुना संकलन हुन्थ्यो क्‍वारेन्टिनमा पनि धेरै व्यक्ति थिए । अहिले क्‍वारेन्टिन र आइसोलेनमा मानिसहरु कम हुँदा नमुना संकलन पनि घटेको छ ।”

उनका अनुसार यो प्रदेशमा चारवटा प्रयोगशालबाट आठ सयसम्म नमुना परीक्षण हुने गरेको छ । 

कर्णाली प्रदेशमा दुई दिनमै रिपोर्ट आउने
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रीता भण्डारी (जोशी) ले कोरोना परीक्षणको रिपोर्ट एकसाता यता एकदेखि २ दिनमै उपलब्ध गराएको बताएकी छन् । आज नमुना संकलन गरिएको छ भने बेलुका परीक्षणमा हालेर भोलि बेलुका पीसीआर रिपोर्ट दिने गरिएको उनले जानकारी दिइन् । यस प्रदेशमा दैनिक ५ सयसम्म नमुना संकलन भएर सबै परीक्षण हुँदै आएको छ ।

उनका अनुसार यस प्रदेशमा चारवटा पीसीआर मेसिनबाट कोरोना परीक्षण हुने गरेको छ । जसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, दैलेख स्वास्थ्य कार्यालयमा  र चौजाहारी स्वास्थ्य संस्थाबाट कोरोना परीक्षण हुँदै आएको छ । यस प्रदेशमा नमुना होल्ड अहिले नरहेको भण्डारीले जनाइन् ।

सुदूरपश्‍चिम प्रदेशमा पीसीआर रिपोर्ट ३ दिनदेखि ४ दिनमा आउने
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्कीले कोरोनाका शंकास्पद व्यक्तिहरुको पीसीआर परीक्षणको रिपोर्ट अहिले ३ दिनदेखि  ४ दिनमा दिने गरेको बताए । नमुना संकलन धेरै भए काठमाडौं पठाउनुपर्ने अवस्था आए परीक्षणको रिपोर्ट एक सातामा लाग्‍ने उनले जानकारी दिए । उनले भने, “दैनिक यति नै नमुना संकलन गरिन्छ भन्‍ने छैनन्, तर आवश्यकता र अवस्था हेरेर परीक्षण गदै आएका छौं ।”

उनका अनुसार कोरोना परीक्षण घटेको छैन । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ सयसम्म परीक्षण हुने गरेको छ, भने ५० देखि ६० वटासम्म डडेलधुरा अस्पतालको प्रयोगशालामा हुने गरेको उनले जानकारी दिए ।

एक हजार ६५७ वटा नमुना परीक्षणको पालो कुरेर बसेका स्वाब (होल्ड) रहेको उनले बताए । उनका अनुसार पहिला ३ हजारको हाराहारीमा नमुना होल्ड हुँदा परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएको थियो ।

“कोरोना संक्रमण समुदायमा फैलिएको छैन, भारतबाट आएकाहरु  क्‍वारेन्टिनमा राख्‍ने गरिन्छ, क्‍वारेन्टिनमा बसेको १० दिनपछि हामीले परीक्षण गछौँ,” उनले भने, “भारतबाट पनि दैनिक आठ सयदेखि एक हजारसम्म आउने गरेका छन् ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय