site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फिरौती माग्दै नाबालक भान्जाको हत्या, १४ वर्षपछि मामा पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । १४ वर्षअघि आफ्नै नाबालक भान्जाको हत्या आरोपमा फरार मामा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आफ्नै मामालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार मामाले फिरौती माग्दै भान्जाको हत्या गरेका थिए । दरबारमार्ग क्षेत्रमा बालकको शव बोरामा फेला परेको थियो । सोही समयदेखि मामा फरार थिए । बालकका आमाबुबा न्युरोडमा व्यापार गर्दै आएका थिए । पक्राउ पर्नेमा ४५ वर्षीय राजेशकुमार गुप्ता रहेको प्रहरी स्रोतले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतका अनुसार बौद्धस्थित राई स्कुलमा २ कक्षामा पढ्ने आफ्नै भान्जा रोहित गुप्तालाई उनले अपहरण गरेका थिए । 

अपरहणपछि भान्जाका बुबा अर्थात् भिनाजुसँग दुई लाख रुपैयाँभन्दा बढी फिरौती रकम माग गरेका थिए । उनले फिरौती रकम लिएपछि पनि भान्जाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

Global Ime bank

हत्या आरोपमा फरार रहेका मामा लामो समयदेखि भारतमा लुकेर बस्दै आएको खुलेको थियो । उनी नेपाल आएको समयमा पक्राउ परेको बताइएको छ । महाशाखाले पत्रकार सम्मेलन नै गरेर यसबारे जानकारी दिने बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !