देश
काठमाडौं । साउन महिना सुरु भएसँगै हिन्दू धर्मावलम्वी महिलाहरु हातमा मेहन्दी तथा हरियो चुरा लगाउँछन् ।
भगवान शिवको पूजा-आरधना गर्दै सोमबारमा व्रत बसेर हरियो र रातो पहिरनका साथै मेहन्दी, चुरा, पोते लगाएमा भगवान खुसी हुने जनविश्वास छ । साथै पतिको दिर्घायू हुने विश्वासमा पनि परम्परादेखि नै साउन महिना विशेष रुपमा शिवको महिमा गाएर मनाइन्छ ।
कोरोना महामारीका कारण जारी लकडाउन खुकुलो भएसँगै बजारहरु केही मात्रामा खुल्न थालेका छन् । चहलपहल बढेको छ । यससँगै हिन्दू महिलाहरुका हातहरु चुरा सजिएका छन् भने मेहन्दीले रंगिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७ १८:२०
प्रतिक्रिया दिनुहोस्