site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कर छुटको बेथिति : व्यापारीलाई करोडौंको लाभ, उपभोक्तालाई ‘शून्य’
Sarbottam CementSarbottam Cement

काठमाडौं । वर्षभर एउटा व्यापारीले ५५ करोड रुपैयाँबराबरको राजस्व छुट पाउँछ । तर, उपभोक्ताले एक रुपैयाँ पनि लाभ पाउँदैनन् ।

स्वेदशी उत्पादन र आयात गरी ल्याइने एउटै गुणस्तरको वस्तुमा व्यापारी मालामाल भएको तर उपभोक्तालाई भने एक रुपैयाँ पनि लाभ  नभएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको हो । यसबाट उल्टै स्वदेशी उत्पादन निरुत्साहित भएको र प्रतिस्पर्धामा पछि परेको महालेखाको ठहर छ ।

कुरा हो, विदेशबाट पाटपुर्जा आयात गरी नेपालमा एसेम्बल गर्ने एक मोटरसाइकल ब्रान्डको । महालेखाले कम्पनी नखुलाए पनि सो कम्पनीले ०७५/७६ मा ५५ करोड लाभ लिएको देखिएको छ । आर्थिक ऐन, २०७५ को द्रष्टव्य ७ अनुसार विदेशबाट पाटपुर्जा आयात गरेर एसेम्बल गरी सवारीसाधन उत्पादन गर्ने उद्योगले पाटपुर्जाको अन्तःशुल्कमा १० प्रतिशत र तयारी सवारीमा २५ प्रतिशत अन्तःशुल्क छुट पाउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

महालेखा प्रतिवेदनमा भनिएको छ, “एक पैठारीकर्ताले भैरहवा भन्सार कार्यालयमा एक ब्रान्डको मोटरसाइकल तयार गर्न चार अर्ब २९ करोड ११ लाख १२ हजार रुपैयाँबराबरको विभिन्‍न अनएसेम्बल मालवस्तु आयात गरेको छ ।” सो आयातकर्ताले ५५ करोड १९ लाख रुपैयाँबराबरको अन्तःशुल्क र मूल्य अभिवृद्धि कर छुट लिएको महालेखाको खोज छ ।

तर, आयात गरिएको र नेपालमा एसेम्बल गरेको मोटरसाइकलको विशेषता र उपभोक्ताले खरिद गर्ने मूल्यमा अन्तर छैन । उपभोक्ताले प्राप्त गर्ने बिक्री मूल्यमा अन्तर नदेखिँदा राजस्व छुटको फाइदा आयातकर्ताले मात्र प्राप्त गरेको महालेखाको दाबी छ ।

Global Ime bank

सो मोटरसाइकल निर्माणमा सरकारले दिएको राजस्व छुटबराबरको पनि भ्यालु एड भएको छैन भने उत्तिनै बराबरको मूल्य कम पनि भएको छैन ।

महालेखाले भनेको छ, “सीकेडी (टुक्राटुक्रा) अवस्थामा ल्याई एसेम्बल गर्दा मूल्यको ५ प्रतिशतको हाराहारीमा मात्र भ्यालु एड (मूल्य अभिवृद्धि) भएको देखिन्छ । र, फलस्वरुप यसबाट अर्थतन्त्र र उपभोक्ता दुवैलाई योगदान पुगेको देखिँदैन ।

महालेखाले कम्तीमा पनि सरकारबाट दिएको छुटबराबर वा सोभन्दा बढी भ्यालु एड नभएको अवस्थामा छुट नदिने गरी व्यवस्था गर्न सरकारलाई निर्देशन पनि दिएको छ ।

यसैगरी वैदेशिक सहायताका आयोजनामा निर्माण कार्यका लागि सम्झौतामा व्यवस्था भएबमोजिम आयात गर्ने निर्माण सामग्रीमा सरकारको निर्णयबाट भन्सार महसुल, कर, शुल्क छुट दिने व्यवस्थाअनुसार आव ०७५/७६ मा ३ अर्ब ४६ करोड ८३ लाख छुट दिइएको छ । यस्ता सुविधामा आयात हुने सामग्रीमा लाग्ने राजस्व छुट रकमको अभिलेख राखेको छैन ।

आर्थिक ऐन, २०७५ मा भन्सार महसुल पूर्ण एवं आंशिक छुट हुने तथा सरकारको सम्बन्धित निकायको सिफारिसमा भन्सार महसुल पूर्ण वा आंशिक छुट हुने मालवस्तु उल्लेख छ । त्यसैगरी सोही ऐनले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ बमोजिमका सामानमा मूल्य अभिवृद्धि कर छुट हुने व्यवस्था गरेको छ । राजस्व छुटको उक्त विवरणमा भन्सार, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट दिएको कारण, सो छुटले राजस्वमा हुन गएको कमीको रकमगत अभिलेख राखेको छैन । भन्सार विभागको आसिकुडा, आन्तरिक राजस्व विभागको तथ्याङ्‍कलगायतबाट सङ्‍कलित सूचनाअनुसार आव ०७५/७६ मा ४४ अर्ब २१ करोड राजस्व छुट दिएको देखिएको छ ।

महालेखाले छुटमा आयातित सामान सम्बन्धित आयोजनामै उपयोग भएको अनुगमन हुने नगरेबाट तोकिएका सर्तअनुसार उपयोग गरेको सुनिश्चित गर्न अनुगमन गर्ने प्रभावकारी व्यवस्था गर्न निर्देश गरेको छ । अन्तर्राष्ट्रिय मान्यताअनुरुप सबै प्रकारका राजस्व छुटको रकमगत अभिलेख बजेटसँगै पेस हुने व्यवस्था गर्न पनि महालेखाको सरकारलाई निर्देशन छ ।

कृषिमा पाएको भन्सार छुटबाट पनि उपभोक्ताले राहत पाएका छैनन्, उल्टै स्वदेशी उत्पादन निरुत्साहन हुने देखएिको छ । महालेखाको प्रतिवेदनअनुसार आव ०७५/७६ मा कृषि उत्पादनलाई टेवा पुर्‍याउन कृषि मन्त्रालयमार्फत् तीन अर्ब ९१ करोड र रासायनिक मलमा आठ अर्ब ३८ करोडसमेत गरेर कृषकलाई १२ अर्ब २९ करोड अनुदान उपलब्ध गराएको छ । कृषिजन्य पदार्थमा आत्मनिर्भर बनाउन यसप्रकारको अनुदान दिइरहेको अवस्थामा आयातमा पनि कृषि तथा पशुजन्य उत्पादनलगायतमा एक अर्ब २७ करोड भन्सार महसुल छुट दिएको लेखापरीक्षणबाट देखिएको छ । आन्तरिक उत्पादन वृद्धिमा प्रोत्साहन पुर्‍याउन अनुदान दिने र कृषि तथा पशुजन्य सामग्रीको आयातमा समेत राजस्व छुट दिने व्यवस्थाबाट स्वदेशी उत्पादनमा पर्ने असरबारे अध्ययन हुनुपर्ने महालेखाको ठहर छ ।

महालेखाले दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को व्यवस्थाअनुसार पाएको भन्सार छुटले सरकारलाई राजस्वमा असर परेको पनि औंल्याएको छ । सार्क मुलुकबाट उत्पादित सामानहरु प्रतीतपत्र खोली साफ्टाअन्तर्गत प्रमाणपत्र संलग्‍न गरेर आयात गर्दा भन्सार महसुल दरमा निश्चित प्रतिशतले भन्सार महसुल छुट दिने व्यवस्था छ । यो व्यवस्था लागु भएको १५ वर्ष बितिसकेको छ ।

तर, साफ्टाको सुविधा उपयोग गरी आव ०७५/७६ मा विभिन्‍न व्यवसायीले प्राइमरी पोलिमर अफ प्लास्टिक, पेट्रोलियम कोक, प्राइमरी रेजिन एन्ड अदर, पोलिस्टर, ग्लासवेयर, पम्प, प्रिफेव हाउस, फलाम वा अमिश्रित स्पातका एंगललगायत सामान आयात गर्दा भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि करसमेत चार अर्ब १५ करोड १३ लाख रुपैयाँ राजस्व छुट पाएका छन् । साफ्टा छुटमा कच्चपदार्थ तथा पार्टपुर्जालगायतको मालवस्तु आयात गरी तयारी मालवस्तुको स्वदेशमा उत्पादन वृद्धी गरी निर्यात गरी तुलनात्मक रुपमा फाइदा लिन सकिएको भने छैन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC