site stats
बाह्रखरी :: Baahrakhari
देश
दुई किलो अफिमसहित दुईजना पक्राउ 

दाङ । दुई किलो अफिमसहित रुकुम पश्चिममा दुई जना पक्राउ परेका छ्न । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ चिसापानीको ममता होटेलबाट बुधबार उनिहरु पक्राउ परेका हुन । 

पक्राउ पर्नेहरुमा नलगाड नगरपालिका ४ जाजरकोटका  ३४ वर्सिय बिनोद रावल र सोही नगरपालिका २ का २९ वर्सिय टेक बहादुर रावल रहेका छ्न् । 

Argakhachi Cement Island Ad

पक्राउ परेकाहरुकोबाट झोलामा सेतो कागजमा लुकाई राखेको २ पोका अफिम, ३ वटा मोबाइल र पावर बैंक फेला परेको हो । 

घटनाको विस्तृत छानबिन भइरहेको रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठग बहादुर केसिले बताए। साथै गएको सोमबार रुकुम बाफिकोट बाट अफिस सहित १ जना पक्राउ परिसकेका छ्न् । रुकुम पश्चिमका उच्च भागमा चरेस र अफिमको अबैध खेती हुँदै आएको प्रहरीको भनाई छ । 

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  २०:२०
प्रतिक्रिया दिनुहोस्