site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘हिट’को हिन्दी रिमेकमा राजकुमार राव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । बलिउड अभिनेता राजकुमार राव तेलगु थ्रिलर ‘हिट’ को हिन्दी रिमेकमा देखिने भएका छन् । यसका निर्माताले बुधबार यस कुराको जानकारी दिएका हुन् । तेलगु ‘हिट’मा विश्व सेन र रुहानी शर्मा मुख्य भूमिकामा थिए । डा. शैलेश कोलानुकै निर्देशन रहने रिमेकमा दिल राजु र कुलदीप राठौरले निर्माण गर्नेछन् ।

‘हिट’ को प्लट हराएकी एक महिलालाई खोज्दै गरेको प्रहरीमा केन्द्रित छ । राजकुमार त्यही प्रहरीको भूमिकामा देखिँदै छन् । यस चलचित्रले अहिलेसम्म निभाएको भन्दा फरक र आफूले खोजेको जस्तै भूमिका निभाउने मौका दिएकोमा खुसी व्यक्त गर्दै राजकुमारले भने, “यो समय सान्दर्भिक र आकर्षक कथा हो, एक अभिनेताका हिसाबले म सधैं नयाँनयाँ भूमिका खोजिरहन्थें र हिटले मलाई त्यो मौका दिएको छ । शैलेश र दिल राजुसँगको सहकार्यमा यो यात्रामा अघि बढ्न आतुर छु ।”

निर्देशक शैलेश कोलानुले पनि राजकुमारसँग सहकार्य गर्न उत्साहित भएको भन्दै उनलाई एक उम्दा कलाकारको संज्ञा दिएका छन् । चलचित्र २०२१ देखि छायांकनमा जाने तयारीमा छ ।
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !