site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आँखै अगाडि बाआमाको हत्या, अपराधी भेट्टाउन १४ वर्ष लाग्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । विलभ सुवेदी र दुर्लभ सुवेदीको जीवन ठीकै चलिरहेको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ४ सीतापाइलामा डेरा थियो । डेरा नजिकै स्कुल । विलभ ९ कक्षामा पढ्थे । भाइ दुर्लभ ६ कक्षामा पढ्थे ।

पढाइमा विलक्षण भएकाले आमाबाबुको नजरमा प्रिय छँदैथिए । साथीभाइको दृष्टिमा पनि मिलनसार । डेरा नजिकै काष्ठ मिल थियो । बाबु काठ मिलमा व्यस्त रहन्थे । आमा घरघन्दा छिचोलेर बाहिरफेर हेर्नसमेत भ्याउँदिनथिन् ।

काठ मिलमा भर्खरै मात्र नयाँ कामदार आएका थिए । तराई मूलका जस्ता देखिने ती कामदार मन लगाएर काम गर्दैनथे । त्यतिबेला विलभ १५ वर्षका थिए । दुर्लभ जम्मा १२ वर्षका । दाजु कुरा बुझ्ने भइसकेकाले बाबुले कामदारलाई अह्राइपराइ गरेको सुन्थे । ‘बाबु सफा मनले काम गरे’ भन्थे । उनीहरू अनुहार बिगार्थे ।
२०६३ साल पुस २० गते दिउँसो दाजुभाइ स्कुलबाट डेरा फर्किए । पुसको छोटो दिन । अपराह्नपख नै घाम ओह्रालो लाग्यो । होमवर्क गरिसक्दा रात परिसकेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

खाना खाएर कोठामा पुग्दा बेलुकाको आठ बजेको हुँदो हो । ओछ्यानमा पुगेको केही बेरमै बाबुआमा सुत्ने कोठामा ढकढक.. आवाज सुने । त्यसदिन भाइ दुर्लभले बत्ती निभाएका थिएनन् । बत्तीको प्रकाश चम्किलो भएकाले मानिसको अनुहार चिन्न सकिन्थ्यो ।

तर, उनले खासै ठम्याउन सकेनन् । बालदृष्टिले भेउ पाएन । सायद ।

Global Ime bank

उनले को आएछ भनेर आँखा घुमाउँदै थिए । आमाले भित्रबाट ढोका खोलिन् । ढोका खोल्नासाथ धारिलो वस्तुको प्रहार सुनियो । आमा ठूलो आवाजमा ऐया... बोलिन् । निकै पीडादायी आवाज थियो ।

के भइरहेको छ । दुर्लभले अझै भेउ पाउन सकेका थिएनन् । दाजु दौडँदै आमा भएतिर पुगे । उनले पनि आमालाईजस्तै प्रहार बेहोरे । उस्तै आवाज दोहोरियो । मर्लान्त हुँदै भुइँमा ढले । दाजु ढलेपछि अपराधी फुक्काफाल भएर भित्र पस्यो । आमालाई निःचेष्ट तुल्याएपछि बाबुतिर अगाडि बढ्यो ।  र, प्रहार बाबुतिर केन्द्रित गर्‍यो ।
एकपटक बाबुको चिच्याहट सुनेका थिए । त्यसपछि बाबुआमाको आवाज कहिल्यै सुनेनन् । अपराधीले निमोठी सकेका थिए ।

प्रहार बेहोर्ने पालो दुर्लभको थियो ।

आँखै अगाडि बाबु, आमा र दाजु ढलेपछि, उनको होस ठेगानमा थिएनन । कसोकसो चुकुल लगाउने बुद्धी पुगेछ । उनले भित्रबाट कसिलोसँग चुकुल लगाएर झ्यालबाट सकुञ्जेलको बल लगाएर गुहारगुहार गरे । बचाउबचाउ भने ।  अन्धकार छिचोलेर आवाज परपरसम्म पुग्यो ।

छरछिमेकीहरू सुतिसकेका थिएनन् । चिसोले निद्रा परिसकेको थिएन होला । कत्तिको घरमा खाना खाने समय हुँदै थियो । डरलाग्दो चिच्याहट सुनेपछि टोलका मानिस बाहिर निस्कन थाले । दुर्लभको ज्यान जोगियो । अपराधी भाग्यो । कसले किन, के कारण धारिलो हतियार प्रयोग गर्‍यो ? कारण खुलेको थिएन । बालख दुर्लभलाई थाहा हुने कुरा भएन ।

टोलका मानिस घरभरि भए । प्रहरीलाई खोजखबर भयो । केहीबेरमै प्रहरी पनि साइरन बजाउँदै आइपुग्यो । 

त्यतिञ्जेल आमाबाबुको प्राणपखेरु उडिसकेको हुँदो हो । तर उनीहरूलाई हतारहतार अस्पताल पुर्‍याइयो । अस्पताल पुर्‍याएको केही बेरमै उनीहरू यो संसारमा नरहेको घोषणा गर्‍यो । दुर्लभको जीवनका अन्धकारले छोप्यो । उनी अवाक् भए । आँखाबाट आँसुको भेल बग्यो । दाजुको मर्लान्त थिए । शरीरमा जतासुकै धारिलो हतियार प्रहार भएकाले उनी जीवन मरणको दोसाँधमा थिए ।

वीर अस्पतालमा १४ दिन उपचार भयो । चिकित्सकले भ्याएशक्ति गरे । बोल्न सक्ने भए । अपराधीको पहिचान गर्न सक्ने भए । खतरामुक्त भएपछि प्रहरीलाई अनुसन्धान प्रक्रिया अझ अगाडि बढाउन सहयोग पुग्यो । अपराधी काठ मिलमा काम गर्न राखेका कामदार नै हुन् भन्नेमा दाजु विलभ निश्चिन्त थिए ।
तर, ती कहाँका हुन् ? उनलाई केही थाहा थिएन । वारदातपूर्व उनले सोधीखोजी पनि गरेका थिएनन । बाबुले पनि भनेका थिएनन् ।

आँखै अगाडि आमाबाबुको प्राण हरण भएको थियो । रगतको भेलसँगै सदाका लागि निभेका थिए । सोमबार पत्रकार सम्मेलनमा गहभरि आँसु पार्दै विलभ भन्दै थिए, “घटना भएको दिन पनि दिउँसो बाले राम्रोसँग काम गर, तिमीहरू मन लगाएर काम गर्दैनौं मात्रै भन्नुभएको थियो ।” आपराधिक मनोवृत्तिका व्यक्तिलाई निहुँ के चाहिन्थ्यो । परिवारलाई सखाप पार्ने योजना बनाए । तीन जनाको शरीरमा छुरा, चक्कु धसे । फरार भए ।

अस्पतालबाट डिस्चार्ज भएपछि पनि विलभको शरीरको घाउ निको भइसकेको थिएन । कति घाउमा नियमित ड्रेसिङ गर्नुपर्थ्यो । तर, बाबुको आमाको हत्यारा पत्ता लगाउन नै आफू बाँचेको आभास भयो । पीडा–प्रताडनालाई शक्तिमा बदलेर उनले प्रहरीलाई सक्दो सहयोग गरे । अनुसन्धानमा सघाउ पुर्‍याए । अपराधीको हुलिया बताइदिए ।

प्रहरीले चारचौरास खोज्यो । सबै नेटवर्कमा सूचना पुर्‍यायो । नाका, गौंडागौंडामा अनुसन्धान बढायो । तर, अपराधीको कुनै सुराक मिलेन । दुर्लभले सुनेका थिए– पाप धुरीबाट कराउँछ । त्यो आवाज सुन्न उनले १४ वर्ष पर्खनु पर्‍यो । १४ वर्ष उनको रात ऐंठन मै बित्यो । मातृत्व र पितृत्व अपराधीले निमोठेकै थिए । सपना र भविष्य पनि अन्धकार तुल्याइदिए ।

पढाइमा विलक्षण दाजुभाइका अनेक सपना थिए । ती सबै बदलिएर, आमाबाबुको हत्यारा खोज्नेमा केन्द्रित भएको थियो । ती सपना पूरा हुन पनि १४ वर्ष पर्खनुपर्‍यो ।

सोमबार २०६३ पुस २० गते सीतापाइलामा ४५ वर्षीय नातीकाजी सुवेदी र उनकी पत्नी ४४ वर्षकी सानु सुवेदीको हत्या गरी फरार अभियुक्त जेके भनिने जयकिशोर साहलाई प्रहरीले सार्वजनिक गर्‍यो । अर्को अभियुक्त बाँकेका प्रताव राना अझै फरार छन् । यो बीचमा सुवेदी दाजुभाइले पाएको पीडा अवर्णनीय छ ।

शरीरको आलो घाउ लिएर उनी अभियुक्तको खोजपड्ताल गर्न सर्लाहीको पिपरिया पनि नपुगेका होइनन् । तर, अभियुक्त फेला पार्न सकेनन् ।  तर पनि हिम्मत नहारी प्रहरीलाई निरन्तर सहयोग गरिरहेका थिए । अन्ततः प्रहरीले सफलता हात पार्‍यो । हत्यापश्चात् फरार रहेका प्रतिवादीहरू हुलिया, नाम समेत बदलेर भारतको लखनउमा बस्दै आएका थिए । दुईवर्षपछि प्रताव जेकेसँग अलग भई आफ्नै काममा लागेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

प्रताप अलग भएपछि जेकेले जय शर्माको नामबाट भारतको आधार कार्डलगायत सेवा सुविधासमेत लिएका थिए । अपराध छिपाउन नृत्य प्रशिक्षक बनेका थिए । तर, जति गरे पनि उनी प्रहरीको आँखाबाट बच्न सकेनन् । अभियुक्तसम्म पुग्न नसके पनि प्रहरीले अनुसन्धानलाई निरन्तरता दिएकै थियो । यहीबीचमा प्रहरीलाई एउटा तस्बिर प्राप्त भएको थियो । तस्बिर विलभले प्रहरीलाई बताएको हुलियासँग मिल्दो थियो । र, त्यतिबेला प्रहरीले बनाएको स्केचसँग पनि मेल खाने थियो ।

त्यही तस्बिरका आधारमा अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी प्रहरी जेकेसम्म पुगिसकेको थियो । विशेष सुराकीका आधारमा नेपाल फर्कंदै गर्दा बाँके जिल्लाको सीमा क्षेत्रबाट पक्राउ परेको प्रहरी बताउँछ । “ढिलै भए पनि न्याय पाएको र बाबुआमाको आत्माले शान्ति पाएको अनुभूत भएको छ । अर्का अभियुक्त पनि छिट्टै पक्राउ परे हुन्थ्यो,” अभियुक्त सार्वजनिक गर्दैगर्दा सुवेदी दाजुभाइले एकै श्वरमा भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !