site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 नेपालमा दम्पतीको हत्या गरेर १४ वर्ष भारतमा, परिचय बदलेर ‘डान्स टिचर’
SkywellSkywell

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ वर्षअघि काठमाडौंमा भएको दम्पती हत्याका एक अभियुक्तलाई सार्वजनिक गरेको छ ।  ०६३ पुस २० गते काठमाडौंको सितापाइलास्थित कान्तिपुर मिलका सञ्चालक ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीय सानु सुवेदीको हत्यामा संग्लन आरोपमा सोही मिलमा कार्यरत जेके भनिने जय किशोर साहलाई सार्वजनिक गरेको हो ।

सर्लाही गयरटोलका ३४ वर्षीय साह र सोही मिलका कार्यरत अर्का मजदुर प्रताप राना मिलेर दम्पतीको हत्या गरेको प्रहरी दाबी छ । 

हत्यापछि उनीहरु दुवै फरार रहेको र फरारमध्ये साहलाई नेपालगञ्जको सीमाक्षेत्रबाट पक्राउ गरिएको सीआईबी प्रमुख डीआईजी सहकुलबहादुर थापाले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

फिल्मी शैलीको हत्या

थापाका अनुसार मिलमा काम गर्न सुरु गरेको ६ महिनामै साह र रानाले सुवेदी दम्पतीको हत्या गरेका हुन् ।  काममा चित्त नबुझेपछि ‘राम्रोसँग काम गर्नू’ भनेकै आधारमा साह र रानाले सुवेदीको पूरै परिवारको हत्या योजना बनाएको प्रहरी दाबी छ । सुवेदी दम्पतीको हत्या फिल्मको कथाजस्तै छ । घटनाको समयमा सुवेदीका दुई छोरामध्ये जेठा छोरा १५ वर्षका थिए भने कान्छा छोरा १२ वर्षका थिए । 

Royal Enfield Island Ad

जेठा छोरा विलभ सुवेदीमाथि पनि उनीहरुले खुकुरी प्रहार गरेका थिए । 

विलभले भने,“पूरै परिवार मार्ने योजना रहेछ । सुरुमा बुबालाई मारेपछि ममीलाई मारे । त्यसपछि मलाई प्रहार गरे । मेरो शरीरभरी चोट छ । म मरेँ भन्ने ठानेपछि छाडे । भाइलाई पनि मार्न खोजे । तर उसले ढोका थुनेर बसेकाले ज्यान बाँच्यो । त्यो सबै घटनामा मैले हेरिरहेँ ।”

उनले लामो समयपछि प्रहरीले अभियुक्त पक्राउ गरेकोमा न्याय पाएको अनुभुति भएको बताए ।

नेपालमा हत्या भारतमा ‘डान्स टिचर’

अनुसन्धानका क्रममा पक्राउ परेका साह भारतको लखनउमा बस्दै आएका थिए । यहाँसम्मकी उनले आफ्नो पहिचान र परिचय नै बदले ।  सीआईबी प्रमुख थापाका अनुसार उनी भारतमा ‘डान्स टिचर’ भएर बसेको खुलेको छ ।  उनले रेष्टुरेन्ट समेत सञ्चालन गर्दै आएका थिए । साहसँग भारतीय रासनकार्ड समेत छ । 

उनी काम विशेषले नेपाल छिर्दै गरेको सूचनाका आधारमा पक्राउ परेको थापाले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro