site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दीपाश्रीदेखि वर्षा राउतसम्म ट्रोलको सिकार !
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय प्रसिद्धि र सफलतासँगै आउने अर्को पाटो ट्रोल हो । जसको सिकार कलाकारहरू हुन थालेका छन् । 

चाहे उनीहरूको काम होस् या उनीहरूले लगाउने पहिरन अथवा उनीहरूले कुनै मिडिया वा सामाजिक सञ्जालमा पोखेको विचार वा टिकाटिप्पणी होस् दशर्ककले नजिकबाट नियालिरहेका हुन्छन् । नजिकबाट नियालिरहेका दर्शकले मौका पाउनासाथ खबरदारी मात्रै होइन उछितो नै काढ्छन् । 

कलाकारले मिडियामा दिएको अन्तर्वार्ताका क्रममा गरेका कुराकानी पनि आजकल ट्रोलका रूपमा सामाजिक सञ्जालमा आउने गरेका छन् । कहिले ‘राष्ट्रवाद’ जस्तो जटिल विषय त कहिले ‘महानायक’ र सामान्य ज्ञानका विषयमा दिएको आफ्नो अभिव्यक्तिका कारण ट्रोलका सिकार भएर विवादमा आउने क्रम बाक्लिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वर्षा राउत
काँचको पर्दा हुँदै सेता पर्दामा फड्को मारेकी अभिनेत्री वर्षा राउत पहिलोपटक पहिरनका कारण सामाजिक सञ्जालमा ट्रोलको सिकार बनिन् । सफल चलचित्र ‘जात्रै जात्रा’ को अन्तर्राष्ट्रिय प्रिमियरमा लगाएको क्लि–भेज देखिने पहिरनका कारण उनी नराम्रोसँग सामाजिक सञ्जालमा आलोचनाको सिकार हुनुपरेको थियो । 

तिनै अभिनेत्री पछिल्लो समय पुनः एकपटक ट्रोलको सिकार बनिन् । नेपाल र भारतबीच सीमाको विवादको विषयमा एक युट्युब च्यानलमा बोलेको उनको भनाइका कारण वर्षा नराम्रोसँग ट्रोलमा फसिन् । 
उनले दुई देशका पत्रकारहरूले यो विषयलाई झगडाको रूप दिएको, ‘टेबल टक’ मार्फत समस्याको समाधान खोज्नुपर्ने बताएकी थिइन् । 

Global Ime bank

यति मात्रै नभई उनको अर्को भनाइ जसमा “मैले मेरो इन्डियन साथीहरूलाई कसरी फेस गर्ने ?” भन्दै गरेको प्रतिप्रश्नले नेपाली दर्शकमा आक्रोश पैदा गरेको थियो । 

बलिउडमा भएर पनि नेपाली मूलकी मनीषा कोइरालाले देशप्रेम र विवादमा देशलाई समर्थन गरिरँहदा अभिनेत्री वर्षाको यस्तो अभिव्यतिmले नेपाली दर्शक उनीविरुद्ध आक्रोशित बनेका थिए । फलस्वरूप वर्षाविरुद्ध नेपाली दर्शकको रिस सामाजिक सञ्जालमा पोखिएको थियो । 

सामाजिक सञ्जालमा दर्शकले धेरै रिस र घृणा पोख्न थालेसँगै त्यसको दुई दिनपछि (मे २४) मा उनले माफी माग्दै अन्तर्वार्ताका क्रममा बोली चिप्लिएको र आफूमा देशप्रेमको भावना भएको र देश र देशको भूमि फिर्ता गराउन सधैं साथ रहेको भन्दै माफी मागिन् । 

दीपाश्री निरौला
यस्तै कलाकार तथा निर्देशक दीपाश्री निरौला पनि पछिल्लो समय ट्रोलमा तानिएकी छिन् । एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई ‘को महानायक हुनुहुन्छ र ?’ भनेर दिएको टिप्पणीका कारण दीपा ट्रोलको सिकार भएकी हुन् । 

उनको यो अभिव्यक्तिले सामाजिक सञ्जाल मात्रै तातिएन बरु ‘महानायक’ को विषयमा मूल धारका मिडियामा पनि राम्रै स्पेस पायो ।  राजेश हमाल ‘महानायक’ हुन् कि होइनन् भन्ने विषयमा सामाजिक सञ्जालदेखि मिडियामा पनि राम्रै बहस चल्यो र बहस अहिले पनि चलिरहेको छ । 

प्रकाश सुवेदीको टेलिभिजन टक शो ‘रजतपट अंकल’ मा दिपाश्रीले ‘छताछुल्ल’ फिल्म खेल्दैमा कोही महानायक नहुने आशय व्यक्त गरेकी थिइन् । राजेश हमालले थुप्रै चलचित्रमा काम गरेर आफ्नो छवि उँचो बनाए पनि समग्र चलचित्र क्षेत्रलाई भने हाँक्न नसकेको टिप्पणी गरेकी थिइन् ।

साथै उनले पछिल्लो समय हमाल चलचित्रमा पनि नदेखिएको र कोरोनाको कहरमा पनि चलचित्र प्राविधिकलाई सहयोग गर्न अगाडि नबढेको भन्दै उनलाई व्यक्ति विशेषले महानायक बनाएको टिप्पणी गरेकी थिइन् । सामाजिक सञ्जालमा राजेशका फ्यानले अपशब्द प्रयोग गरी गाली गर्न थालेसँगै दीपाश्रीले सामाजिक सञ्जालफमार्फत नै माफी पनि मागिन् । 

उनले आफूले शब्द चयनमा गल्ती गरेको स्वीकार्दै आगामी दिनमा शब्द चयन र अन्तर्वार्ता दिन जाँदा पर्याप्त तयार गरेर मात्रै जाने पनि बताइन् । साथै उनले राजेश हमाललाई महानायक होइन भन्न नखोजेको आशय पनि व्यक्त गर्दै भगवानसँग त गुनासो गर्न पाइन्छ भने मान्छेलाई प्रश्न तथा गुनासो गर्न पाउनुपर्ने तर्क गरिन् । 

पूजा शर्मा
यस्तै टेलिभिजन टक शो ‘रजतपट अंकल’ मै दिएको अन्तर्वार्ताका कारण ट्रोलमा तानिइन् अभिनेत्री पूजा शर्मा । चलचित्र क्षेत्रबाहेकको अरू क्षेत्रबारे जानकारी कतिको छ भन्ने प्रश्नका क्रममा उनले दिएको लापरबाहीपूर्ण जवाफले उनी सामाजिक सञ्जालमा हाँसोको पात्र बनेकी हुन् । 

देशका कति प्रदेश र जिल्ला छन् भन्ने प्रश्नमा उनले ७२ प्रदेश र १४ जिल्ला भनेर दिएको जवाफको भिडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा उनी ट्रोलमा तानिएकी हुन् । देशलाई प्रतिनिधित्व गर्ने कलाकारमा आफ्नै देशबारे सामान्य ज्ञान पनि नभएको भन्दै पूजालाई सामाजिक सञ्जालमा मजाकको पात्र बनाएका थिए ।

अभिनेत्रीहरूले अन्तर्वार्ताको क्रममा दिएका यस्ता विवादास्पद र अध्ययनविनाको जवाफले केही कलाकारमा चलचित्र खेल्नबाहेक सामान्य ज्ञानको न्यूनतम जानकारी पनि नभएको भन्दै टिप्पणी हुन थालेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय