site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भानुजयन्तीका अवसरमा भर्चुअल कविता वाचन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०७औं जन्मजयन्तीको अवसर पारेर नर्थ क्यारोलिना नेपाली साहित्य समाजले भर्चुअल कवि गोष्ठी गरेको छ ।
नर्थ क्यारोलिना नेपाली साहित्य समाज, अन्तर्राष्ट्रिय नेपाली सहित्य समाज नर्थ क्यारोलिना च्याप्टर र नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाले संयुक्त रूपमा गरेको कार्यक्रममा कविहरूले आफ्नो कविता पनि वाचन गरेका थिए ।
 
कार्यक्रममा अमेरिका र क्यानाडाबाट गोविन्दसिंह रावत, मुक्ति गौतम, दीपा राई, राजेन्द्र अर्याल, सीता अर्याल, पदम विश्वकर्मा, उर्मिला निर्दोषी, दुर्गा दाहाल, नीलम कार्की निहारिका, शिशिर खनाल, उमा शर्मा, गीता बस्नेत, दीपेन्द्र विष्ट, ईश्वर देवकोटा, जितमान बस्नेत र रामप्रसाद गौतमले आआफ्नो कविता वाचन गरेका थिए ।
 
नेपालबाट गोकुल अधिकारी, मुकुन्द अर्याल र नवराज पुडासैनीले कविता वाचन गरेका थिए । कार्यक्रममा कल्पतरु साहित्यिक पत्रिकाको उत्तर अमेरिका विशेष अंकको विमोचन गरिएको थियो । कल्पतरुका सम्पादक नवराज पुडासैनीले उक्त विशेष अंकको भर्चुअल विमोचन गर्दै कल्पतरुको प्रकाशनलाई उत्प्रेरित गरेकामा धन्यवाद दिएका थिए । 

कार्यक्रममा नर्थ क्यारोलिनाका संयोजक डा. ऋषि बस्ताकोटीले उत्तर अमेरिकामा रहेका ३८ लेखकको रचना कल्पतरुमा प्रकाशन गरिएको जानकारी दिँदै लेखकहरुलाई धन्यवाद दिए ।
कार्यक्रमका शिखर दुलाल, डा. हरिहर भट्टराई, गोविन्दसिंह रावत, रवीन्द्र कार्की, सुजाता ढुंगेल, विक्रम गौतमले बोलेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय