site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मिर्गौला प्रत्यारोपणमा नक्कली नाता : चिकित्सक र जनप्रतिनिधिसहित १२ जना पक्राउ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अवैध मिर्गौला प्रत्यारोपण आरोपमा प्रहरीले डाक्टर, प्रशासनका कर्मचारी र जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरेको छ ।  प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको चितवनबाट तीनजना डाक्टर र ललितपुरबाट जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिकाका एक वडाध्यक्ष समेत छन् । जसमा दुई महिला पनि छन् । 

वडाध्यक्षले नक्कली नाता प्रमाणित गर्ने कागजमा प्रमाणित गरेको एक प्रहरी अधिकारीले बताए ।  उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वडाध्यक्षले बनाए नक्कली भान्जा

प्रहरी स्रोतका अनुसार घटना ०७६ जेठको हो । मिर्गौला लिने र दिने दुवै नेपाली नागरिक नै हुन् ।  मिर्गौला दिने व्यक्ति पूर्वी नेपालको ओखलढुङगाका राई थरका हुन् भने लिने व्यक्ति भक्तपुरका बतास भनिने व्यक्ति ।  उनीहरुको आपसमा नाता थिएन । तर ललितपुर महानगरका वडाध्यक्षले भान्जा नाता पर्ने भन्दै कागजपत्र बनाइदिए ।

Global Ime bank

चितवनको कलेज अफ मेडिकल साइन्सका चिकित्सकसहित चारजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा डा. शुक्रराज विष्ट, बालकृष्ण कालाखेती, राकेश वर्मा, रमेश काफ्ले, रामचन्द्र ढकाल छन् ।   यस क्रममा जिल्ला प्रशासन कार्यालय लतिपुरमा कार्यरत रामकुमार केसी र नवराज केसी पनि पक्राउ परेका छन् । अन्य केही पक्राउ छन् ।

१३ लाखमा दिइएको थियो मिर्गौला

उच्च प्रहरी स्रोतका अनुसार नक्कली भान्जाबाट १३ लाखमा मिर्गौला किनिएको थियो । प्रत्यारोपणदेखि अन्य सबै प्रक्रियामा ३२ लाख खर्च भएको थियो ।  मिर्गौला बेच्ने व्यक्तिको हातमा ८ लाख परेको प्रहरी स्रोतको दाबी छ । मिर्गौला प्रत्यारोपण पनि भएको थियो । मिर्गौला प्रत्यारोपण राकेश वर्माको टोलीले गरेको थियो । 

बतासका सक्कली भान्जा भने जोशी थरका थिए । तर राईलाई नै जोशी बनाएर मिर्गौला प्रत्यारोपण भएको पाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !