देश
चितवन । नारायणगढको एक औषधी गोदाममा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३, शहिदचोक स्थित एउटा घरमा रहेको मेडीमिक्स कम्पनीको गोदाममा ६ बजेतिर आगलागी भएको हो ।
आगो लागेको जानकारी पाउनासाथ भरतपुर महानगरपालिकाको २ वटा र खैरहनी नगरपालिकाको एक दमकल सहित ससस्त्र र नेपाली प्रहरीको प्रयासमा आगो निभाउने काम भइरहेको प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । आगो के कसरी लाग्यो भन्ने विषय खुल्न सकेको छैन ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७ २०:०९
प्रतिक्रिया दिनुहोस्