site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनमै सकिएको आईजीपीको कार्यकाल, पत्ता लागेन निर्मला हत्यारा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीको कार्यकाल दुईदिनपछि सकिँदैछ ।  ३० वर्षे सेवाहदका कारण ज्ञवालीसँगै एआईजी तारणी लम्साल र डीआईजी सूर्य उपाध्याय पनि अवकाश पाउँदैछन् । ज्ञवाली गत फागुन अन्तिम साता नेपाल प्रहरीको २७ औं आईजीपी नियुक्त भएका थिए । 
३० वर्षे सेवाहदका कारण उनको कार्यकाल ५ महिनाको मात्रै भएको हो ।

आईजीपी भएको महिना दिन नपुग्दै चैत ११ गतेबाट मुलुकभर कोरोनाभाइरसको फैलिँदो संक्रमणका कारण लकडाउन भयो । ज्ञवालीले आफ्नो कार्यकालमा औपचारिक चिनाजानको अवसर समेत पाएनन् । देश दौडाहामा पनि निस्कन पाएनन् ।  यसअघि आइजीपीहरुले आफ्नो कार्यक्रममा पटकपटक विभिन्न देशको भ्रमण गर्ने अवसर पाउने भए पनि उनले पाएनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

छोटो समयका लागि आईजीपी बनेका ज्ञवाली प्रहरी अधिकारीकै नजरमा न सफल बन्न सके न असफल ।  उनको कार्यकाललाई मध्यम मान्न सकिने पूर्वडीआइजी हेमन्त मल्लको भनाई छ । सरुवा वढुवाका कतिपय विषयमा उनी विवादित बने । 

पूर्वडीआईजी मल्ल भन्छन्, “जुनियरलाई बढुवामा माथि पारेको, सरुवामा न्याय हुन नसकेका केही विषय छन् । तर सबै कुरा आईजीपीले चाहेर मात्रै सम्भव छैन । तर नियमित रुपमा बढुवा निकालेको,सरुवा समयमै भएका कुरालाई सकारात्मक रुपमा लिन सकिन्छ ।” त्यसो त डीआईजीको दरबन्दी कटौतीका विषयमा ज्ञवालीले स्पष्ट अडान लिन नसकेको पनि आरोप लाग्दै आएको छ । 

Global Ime bank

उनीभन्दा अघिल्ला आईजीपी सर्वेन्द्र खनालले समेत महत्वपूर्ण मानेर अनुसन्धान गरेको कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याराको पहिचान ज्ञवालीको कार्यकालमा समेत हुन सकेन । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको दुईवर्षअघि बलात्कारपछि हत्या भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !