site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु 

चितवन । पूर्वी चितवनको रत्‍ननगर नगरपालिका वडा नं. २ टाँडी चोकमा स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ३४वर्षीय कृष्णकार रञ्जित रहेका छन ।
 
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भरतपुरबाट रत्ननगर तर्फ गईरहेको प्रदेश नम्बर ३–०१–००२२च ३९४४ नम्बरको स्कारपियोले साईकल यात्री  रञ्जितलाई आइतबार दिउँसो टाँडी चोकमा ठक्कर दिएको थियो । 

ठक्करबाट घाइते रञ्जितको उपचारका क्रममा सांँझ ७ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने सवारी चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro