site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साम्राज्ञीले आफ्नो मानमर्दन गरेको भन्दै कानुनी उपचार खोज्ने भुवनको चेतावनी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालमार्फत आफ्नो मानमर्दन गरेको भन्दै कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । आगामी दिनमा पुनः आफ्नो मान प्रतिष्ठामा आँच आउने गरी कुनै पनि कार्य गरे कानुनी उपचार खोज्ने उनले बताएका हुन् । 

“मैले हासिल गरेको मान प्रतिष्ठामा आघात पुग्ने गरी पुनः मान मर्दन हुने प्रकारका सामग्रीहरू इन्स्टाग्रम, फेसबुक या अन्य कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न हुन सूचित गर्दछु,” भुवन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “मेरो यो सूचनाको बाबजुद तपाईंले यस्ता झुटा लाञ्छना लगाउने कार्यहरू गरे–गराए तपाईंउपर प्रचलित साइबर कानुन र मानहानीसम्बन्धी कानुनको प्रयोग गरी मलाई पुग्न गएको मान–सम्मानको हानि नोक्सानी उपर तपाईंबाट यथोचित क्षतिपूर्ति गराउने र तपाईंलाई कानुनबमोजिमको सजायको भागीदारी गराउन आवश्यक कानुनी प्रक्रियाको थालनी गर्ने व्यहोरा तपाईंलाई बडो दुःखका साथ जानकारी गराउँछु ।”

उनले चलचित्र ड्रिम्सको सुटिङका क्रममा पानी खान पाइनँ, छाता ओेड्न पाइनँ, सुविधा प्राप्त भएन भन्ने झुटा कुरा उठाएर चलचित्र प्रदर्शनको लगभग तीन वर्षपछाडि गाली गलौज गरिएको भन्दै आश्चर्य प्रकट गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच भुवनले नेपाल चलचित्र कलाकार संघमा छानबिन गर्न माग गर्दै निवेदन दिएका छन् । उनले आज कलाकार संघमा आफूलाई लागेका आरोपउपर उचित छानबिन गर्न माग गर्दै निवेदन दिएका हुन् । 

नायिका शाहले केही दिनअगाडि आफूले आफ्नो चलचित्र करिअरको पहिलो चलचित्रको सेटमै विभेद भोग्नुपरेको सामाजिक सञ्जालमार्फत बताएकी थिइन् । उनले आफूले यो कुरा पहिला नै भन्न चाहे पनि केही अग्रज व्यक्तिले चुप लाग्न भनेपछि नभनेको बताएकी थिइन् । 

Global Ime bank

“मलाई नराम्रो भएको हो भन्ने थाहा पाउँदा पाउँदै मलाई यही क्षेत्रका केही अग्रजहरूले अहिलेलाई केही नभन । चलचित्रको करिअरमै समस्या आउनसक्छ । छोरी मान्छेलाई झन गाह्रो हुन्छ । चलचित्र नै पाउँदैन भन्नुभयो र म चुप लागेँ,” उनले भिडियोमा भनेकी थिइन्, “मलाई चित्त बुझ्दैन थियो । मन दुख्थ्यो तर म चुप लागेर बसेँ । सायद मेरो ठाउँमा तपाईंहरू भइदिएको भए के थाहा तपाईंहरूले त्यतिबेलै जे पनि गर्नुहुन्थ्यो । तर मलाई काम मन परेकाले चलचित्र हिट भए पनि फ्लप भए पनि काम गरिरहेँ ।”

सेटमा चित्त नबुझे पनि काम मन परेकाले आफूले सधैं सक्दो मिहिनेत गरेको उनले बताएकी थिइन् । 

“मैले सञ्चार माध्यममा केही भनिनँ र केही गरिनँ । यदि मैले पुलिस केस गरेको

 

भए त्यहीँ पुलिस आउँथ्यो र केस पनि लाग्थ्यो । तर मैले त्यसो गरिनँ,” उनले भनेकी थिइन्, “तर मलाई त्यो बेला के गर्नुपर्छ भन्ने केही थाहा थिएन । स्टुपिड थिएँ म । मेरो परिवारबाट कोही पनि चलचित्र उद्योगमा नरहेकाले पनि केही थाहा थिएन । मलाई कहिल्यै नभेटेको कहिल्यै नचिनेको मान्छेले विभिन्न आरोप लगाउँदा पनि म चुप लागेर नै बसेँ ।”

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement