site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
९३ औं ओस्कर अवार्डमा ऋतिक र आलिया आमन्त्रित
Sarbottam CementSarbottam Cement

एजेन्सी । ओस्कर (एकेडेमी) अवार्ड संसारमै फिल्मको सबैभन्दा ठूलो अवार्ड समारोहका रूपमा प्रशिद्ध छ । यही विश्वप्रख्यात अवार्ड सोमा बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री आलिया भट्ट आमन्त्रित भएका छन् । 

द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले मंगलबार नयाँ पाहुनाको नाम सार्वजनिक गरेको हो । 

यस वर्ष हुने अवार्ड समारोहका लागि आयोजकले ८१९ जनालाई आमन्त्रित गरेको छ । जसमा भारतबाट आलिया र ऋतिकको नाम पनि रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यदि आलिया र ऋतिकले एकेडेमीको आमन्त्रणलाई स्वीकारेमा, यही अप्रिल २५ मा हुने ९३ औं एकेडेमी अवार्ड समारोहमा भोट पनि हाल्न पाउने छन् । 

एकेडेमी अवार्डमा भोटिङका लागि ४९ प्रतिशत पाहुनाहरू ६८ देशबाट बोलाइने गर्दछन् । 

Global Ime bank

भारतबाट ऋतिक र आलियाका अलावा कास्टिङ निर्देशक नन्दिनी श्रीकान्त र टेस जोसेफ, पहिरन डिजाइनर निता लुल्ला, वृत्तचित्र फिल्म निर्माता निष्ठा जैन र अमित मधेशिया, भिजुअल इफेक्ट सुपरभाइजर विशाल आनन्द र सन्दिप कमल र फिल्म स्कोर कम्पोजर नन्दिता देसाई पनि आमन्त्रित छन् ।

भने ८१९ जना पाहुनामध्ये भारतभन्दा बाहेक ७५ जना ओस्करमा मनोनित र १५ जना पहिले नै ओस्कर अवार्ड जितिसकेकाहरू रहेका छन् । 

एकेडेमीको लक्ष्य मध्येको विविधता कायम गर्ने उद्देश्यका साथ एकेडेमीले विभिन्न देशबाट पाहुनाका रूपमा आमन्त्रित गरेको हो । 

यसबारे प्रस्ट्याउँदै एकेडेमीका अध्यक्ष डन हुड्सन भन्छन्, “हामीले हाम्रो सदस्यता, हाम्रो कार्यक्रम र हाम्रो नयाँ संग्रहालयमार्फत् हाम्रो एकेडेमीमा विश्वलाई प्रतिबिम्बित गर्न खोजेका छौं ।”

यो वर्षको ओस्कर अवार्ड एकेडेमीको इतिहासमै पहिलोपटक यति लामो समयका लागि स्थगित भएको थियो । कोरोना कहरका कारण फब्रेअरीमा हुनुपर्ने ओस्कर अवार्ड अप्रिलमा सरेको हो । 
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !