site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आईजीपीका दुई प्रतिष्पर्धी भन्छन्–हामीबीच विवाद छैन, जसलाई बनाए पनि हुन्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । असार २५ गते एआइजी शैलेश थापा र हरि पालमध्ये एकजना प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त हुनेछन् । 

वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले असार २५ गते अनिवार्य अवकाश पाउने भएपछि एआइजी थापा र पालमध्ये एकजना आईजीपी हुनेछन् । ज्ञवालीसँगै एआइजी तारणी लम्सालले पनि सँगै अवकाश पाउनेछन् ।

यसपटक एआईजी शैलेश थापा क्षेत्री र हरि पालमध्ये एकजना आईजीपी हुने निश्चित छ ।  यसअघि एआईजी नभएकाले डीआईजीबाट सीधै आईजीपी बन्दै आएका थिए ।  वर्तमान आईजीपी ज्ञवाली पनि डीआईजीबाटै आईजीपी नियुक्त भएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ आइजीपीका दाबेदार थापा र पाल दुवैले एकअर्कामा जो नेतृत्वमा आए पनि सहज रुपमा स्वीकार्ने बताए । 

एआइजी थापाले बाह्खरीसँग भने,“हाम्राबीचमा कुनै विवाद छैन । सरकारले जसलाई संगठन प्रमुखको जिम्मेवारी दिए पनि हामी स्वीकार गर्छौँ । आपसमा मिलेर नै संगठनको हितमा काम गर्ने हो ।”

Global Ime bank

पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् ।  प्रहरीभित्र दुवै व्यावसायिक अधिकृत मानिन्छन् । 

आईजीपी नियुक्ति सरकारले गर्छ । सुरक्षा निकायको महत्त्वपूर्ण संगठनमध्येको एक नेपाल प्रहरीको आईजीपी नियुक्तिमा प्रधानमन्त्री, सत्तारूढ दलको अध्यक्ष, गृहमन्त्री प्रतिपक्षी दलको समेत चासो रहने गर्छ । 

अहिले एकै पार्टीको नेतृत्वमा सरकार रहेकाले प्रधानमन्त्रीले रोजेको व्यक्ति नै आईजीपी बन्ने सम्भावना बलियो रहेको जानकारहरु बताउँछन् ।

आइजीपीका अर्का दाबेदार हरि पालले पनि आफूहरुका बीचमा कुनै विवाद र अस्वस्थ्य प्रतिस्पर्धा नरहेको बताए । 

उनले बाह्रखरीसँग भने,“कसलाई आईजीपी बनाउने भन्ने विषय सरकारको हो । तर जसले संगठनको नेतृत्व गरे पनि एकअर्कालाई सघाउँछौं । हामी दुवैका बीचमा हार्दिकतापूर्ण सम्बन्ध छ । संगठनलाई अझ व्यावसायिक र गतिशिल बनाउने विषयमा हामी सहमत छौं । एकअर्काका विरुद्ध हामी लाग्दैनौं । त्यसले संगठनको हित गर्दैन ।”

थापाले हालसम्म झापा, कास्की, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रहरी प्रवक्तालगायत महत्त्वपूर्ण कमान्ड सम्हालेका छन् । हाल उनी मानव स्रोत एवं प्रशासन विभागको प्रमुख छन् । पालले कास्की, रूपन्देही, धनुषा, नुवाकोट, डडेलधुरा, प्रदेश २ र विशेष ब्युरोलगायत महत्त्वपूर्ण स्थानको जिम्मेवारी निर्वाह गरेका छन् । हाल उनी अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुख छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय