site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं भित्रिन ठूलालाई चैन सानालाई ऐन !(भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउनको घोषणा गर्‍यो ।  लकडाउन जारी छ तर विगतको तुलनामा खुकुलो छ । सार्वजनिक यातायात चलेका छैनन् । व्यापार व्यवसाय चलेका छन् । कार्यालय खुलेका छन् । काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागु भएको छ ।
काठमाडौंमा व्यापार व्यवसाय र अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिहरु फर्किन चाहन्छन् ।

उपत्यकामा अध्ययनका लागि बस्दै आएका विद्यार्थी, उनीहरुका आफन्त पनि फर्किन चाहन्छन् । तर काठमाडौंबाट बाहिरिन जति सजिलो छ भित्रिन भने त्यत्तिकै सकस ।  महानगरीय ट्राफिक प्रभाग नागढुङ्गाका अनुसार काठमाडौं भित्रिने मुख्य नाकामध्येको एक मानिएको नागढुङ्गाबाट दैनिक पाँचसय सवारी काठमाडौं भित्रिने गरेका छन् त्यतिकै मात्रामा बाहिरिएका पनि छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

 

Global Ime bank

 

तर सानोतिनो प्रयासले काठमाडौं सहजै प्रवेश गर्न पाइँदैन ।

किन मुस्किल छ काठमाडौं फर्किन ?

सरकारकै अव्यावहारिक निर्णयका कारण काठमाडौं भित्रिँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ ।  सरकारले दैनिकजसो काठमाडौं छाड्ने र भित्रिने नियम बनाइरहेको हुँदा समस्या भएको एक प्रहरी अधिकारी बताउँछन् । कतिपय अवस्थामा त स्थानीय तह र जिल्ला प्रशासनको सवारी पासलाई पनि प्रहरीले इन्कार गर्दै आएको छ । 

 

 

सोमबार स्याङ्जाबाट काठमाडौं प्रवेश गर्दा एक प्राइभेट कम्पनीमा काम गर्ने राजु तिमिल्सिनालाई नागढुङ्गामा प्रहरीले रोक्यो । उनीसँग जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दिएको पास थियो । उनले काठमाडौंबाट लिएर गएको पास एकतर्फी थियो । त्यसैले उनलाई काठमाडौं प्रवेश गर्न प्रहरीले दिएन ।

उनले आक्रोश व्यक्त गर्दै भने,“प्रशासनले नै गाह्रो बनाइरहेको छ । काम विशेषले भित्रिएको मान्छे बाहिरिन्छ, बाहिरिएको मान्छे भित्रिन्छ भन्ने त बुझ्नपर्‍यो नि । असार मसान्तको समय छ । क्लोजिङको बेला छ । सरकारले कर मात्रै उठाउने काम गर्न नदिने हो भने किन लकडाउन खुकुलो बनाउनुपर्‍यो । फेरि सबै ठप्प पारे हुन्छ ।”
त्यही पासले बाटोमा कुनै अवरोध भएन । तर नागढुङ्गामा प्रहरीले उनलाई छाडेन । 

नागढुङ्गामै रोकिएका थिए रौतहटबाट आएका उमेशनारायण झा । उनी काठमाडौंमा रहेको आफ्नो सामान लिए आएका थिए । 

 

 

उनले भने,“लकडाउनअघि वैदेशिक रोजगारीमा जान बन्दोबस्तीको सामानसहित काठमाडौं आएको थिएँ । तर अब टुङ्गो नभएपछि जसको कोठामा सामान थियो उसले सामान लैजानू नत्र फालिदिन्छु भनेपछि आएको हुँ । बाटोमा समस्या बताएपछि सबै ठाउँमा प्रहरीले छाडिदियो तर यहाँबाट पस्न दिएनन् ।”

आइतबारमात्रै काठमाडौंबाट जन्मदर्ता, नाता प्रमाणितलगायतका कागजपत्र बनाउन धादिङको गल्छी गाउँपालिका पुगेकी मायादेवी कालाखेतीलाई पनि काठमाडौं भित्रिँदा प्रहरीले रोक्यो, तर जाँदा रोकेन ।  उनीसँग काठमाडौं वडा कार्यालयको पत्र र गल्छी गाउँपालिकाबाट ल्याएको कागजपत्र पनि थियो । तर प्रहरीले काठमाडौं भित्रिन अनुमति नै दिएन ।

दियोस् पनि कसरी ? प्रहरीलाई निर्देशन नै त्यस्तै छ । तर निर्देशन दिनेहरु नै टेलिफोनका आधारमा आफ्नालाई काठमाडौं भित्र्याइरहेका छन् । उनको आक्रोशित हुँदै भनिन्,“एकातिर वडाले भन्दा हुन्छ भन्ने । जाँदा सजिलै जान दिन आउँदा मात्रै किन रोक्ने । मान्छेको बाध्यता नै नबुझ्ने कस्तो शैली हो ।” उनीहरु मात्रै होइन नागढुङ्गामा प्रहरीले रोकेका कयौं अरु पनि थिए । 

 

 

सबैका कुनै न कुनै समस्या र बाध्यता थिए । तर उनीहरुसँग प्रशासनको पास नभएको भन्दै प्रहरीले फर्काइरहेको थियो ।

विद्यार्थीलाई सबैभन्दा बढी सकस

काठमाडौंबाट बाहिरिएकामध्ये सबैभन्दा मारमा विद्यार्थी परेका छन् ।  यसबाहेक निजी क्षेत्रमा काम गर्दै आएका कर्मचारी पनि । काठमाडौंमा कार्यालय खुलिसकेका छन् । तर आउन नपाउँदा जागिर गुम्ने चिन्ता धेरैमा देखिन्छ । विद्यालय कलेज खुल्ने टुङ्गो छैन, काठमाडौंमा लिएर राखेको कोठाको भाडामात्रै तिर्नुपरेको छ, आफू गाउँमा । लामो समय भाडा तिर्न समस्या हुने हुँदा कोठा खाली गर्न सामान लिन आउने विद्यार्थीहरु पनि छन् । तर उनीहरु नागढुंगासम्म जसोतसो आउँछन्, त्यसपछि भित्रिन पाउँदैनन् ।

प्रशासनले पनि उनीहरुलाई पास दिन नसकिने बताउँदै आएको छ । कारणबिना पास उपलब्ध गराउन नमिल्ने प्रशासनको जवाफ छ ।

ठूलालाई चैन सानालाई ऐन !

नागढुङ्गा नाकामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको चेकिङ छ । तर प्रहरीका आफ्नै बाध्यता छन् । काठमाडौंकै एक उच्च प्रहरी अधिकारी भन्छन्,“पहुँच नहुनेले दुःख पाइरहेका छन् । आफ्ना मान्छेलाई काठमाडौं भित्रिन दिन मन्त्रीदेखि सासंद, उच्च घरानाका व्यापारीलगायतले कुनै न कुनै माध्यमबाट दबाब दिन्छन् । समस्या सबैका छन् । नत्र कोही मान्छे यस्तो समयमा सुर्खेतबाट किन काठमाडौं आउँछ ? तर हामीले पासबिनाका व्यक्तिलाई सरकारले निर्णय नगरेसम्म छाडिदिनु पनि भएन ।”

 

 

महानगरीय ट्राफिक प्रभाग नागढुङ्मा खटिएका ट्राफिक प्रहरीका सई ज्ञानबहादुर गाहा मगर आफूहरु सरकारले दिएको गाइडलाइन अनुसार अगाडि बढेको बताउँछन् ।  उनका अनुसार पास भएका सवारीसाधन, अत्यावश्यक सवारी, बिरामी लगायतलाई छाडिएको छ । त्यसबाहेक भैपरी आएका समस्यालाई सहजीकरण गरिएको छ । तर कामबिना र कागजपत्रबिना आएकालाई फर्काउने गरिएको छ ।

नागढुंगामा खटिएका प्रहरीले काठमाडौं प्रवेश नदिने हो भने त्यस्ता यात्रुलाई बीच बाटोमै रोक्ने व्यवस्था गर्नुपर्ने बताउँछन् ।

तस्बिर/भिडियो : हरिशजंग क्षेत्री
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !