site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने
SkywellSkywell

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्योलमा परेको भनिएको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ । यद्यपि, तल्लो तहका अधिवेशनहरुको कार्यतालिका भने हेरफेर हुने भएको छ । 

आशन्न महाधिवेशनका बारेमा छलफल गर्न आइतबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै गर्ने निर्णय गरेको छ । बैठकले कोरोनाका कारण प्रभावित तल्लो तहका अधिवेशनको मिति भने हेरफेर गर्ने निर्णय गरेको छ ।

“कोरोनाका कारण पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकामा असर पर्‍यो । अब कार्यतालिका रि–राइट (पुनर्लेखन) गर्नुपर्ने निर्णय भएको छ,” पदाधिकारी बैठकबारे जानकारी दिँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, “पार्टीको केन्द्रीय महाधिवेशनको कार्यतालिकामा फागुन ७ मा कुनै हेरफेर नहुने गरी तल्लो तहको अधिवेशनको कार्यतालिका तय गरिन्छ ।”

KFC Island Ad
NIC Asia

तल्लो तहको अधिवेशनका लागि कार्यतालिका तय गर्न कांग्रेसले आगामी मंगलबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७–१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।  

त्यसअघि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका बीच गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकबाट बहुमतका आधारमा केन्द्रीय कार्यसमितिको म्याद एकवर्ष थप गर्दै २०७७ फागुनको ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेका थिए । 

Royal Enfield Island Ad

सभापति देउवाले बहुमतका आधारमा महाधिवेशनको मिति तय गरेपछि वरिष्ठ नेता पौडेलको समूह र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाको समूह केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएका थिए । 

सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्दै कांग्रेस 

पार्टीको आन्तरिक विवाद समाधानका लागि गत माघ १० गते बूढानीलकण्ठमा बसेको बैठकमा सभापति देउवाले महाधिवेशनको मिति यथावत राखेर अन्य विषय सच्याउन आफू तयार रहेको बताएपछि असन्तुष्ट समूह माघ १३ गतेको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएको थियो । सोही बैठकले महाधिवेशनको तिथि सर्वसम्मत पारित गरेको थियो । 

उक्त बैठकले बैठकले पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि २०७६ माघ मसान्तभित्र निर्धारण गरेको थियो । त्यस्तै २०७६ फागुनदेखि २०७६ चैत मसान्तसम्म विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गरिसक्ने निर्णय भएको थियो । 

केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि २०७७ वैशाख मसान्तभित्र तय भएको थियो ।

नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि २०७७ जेठ १५ गतेभित्र निर्धारण गरिएको थियो । 

यस्तो थियो पूर्वनिर्धारित अधिवेशनको कार्यतालिका :

(क) गाउँ-नगर वडा अधिवेशन- २०७७ कात्र्तिक १६ गते । 

(ख) गाउँ-नगरपालिका अधिवेशन- २०७७ कात्र्तिक १८ गते

(ग) प्रदेशसभा क्षेत्रीय अधिवेशन- २०७७ कात्र्तिक २१ गते

(घ) प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला) – २०७७ कात्र्तिक २३ गते

(ङ) एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन– २०७७ कात्र्तिक २५ गते

(च) प्रदेश अधिवेशन- २०७७ मंसिर २९ गते

(छ) केन्द्रीय महाधिवेशन-  २०७७  फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro