site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु 

चितवन ।  भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार  राति कोरोना संक्रमणको पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखि उपचार गरिंँदै आएको थियो । उनको उपचारका क्रममा आज बिहान ७ वजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कैलालीको लालगढ नगरपालिका वडा नम्बर ७ गोदावरीका ५० वर्षीय उनी उपचारका शिलशिलामा भारत गएका थिए । क्यान्सरको उपचारका लागि भारत गएका उनी फर्किएर आउने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो ।

भरतपुर कोभिड १९ प्रयोगशालाले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएका उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार १३, २०७७  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro