site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘प्रेम गीत–३’ पछिको तयारी गर्दै सन्तोष सेन
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्माता सन्तोष सेनले ‘प्रेम गीत–३’ पछिको तयारी सुरू गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण ‘प्रेम गीत–३’ रिलिज गर्न नपाएका सेनले अर्को चलचित्रको तयारी सुरू गरेका हुन् । 

एक महिना देखि नयाँ चलचित्रको तयारी गरिरहेको उनले बताए । उनीसँगै नायक प्रदीप खड्का र निर्देशक रामशरण पाठक एक महिनादेखि नयाँ चलचित्रको तयारी गरिरहेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कमेडी लभ स्टोरी जानराको चलचित्रका लागि आइडियामा काम गरिरहेको उनले बताए । “अहिलेलाई रामशरण पाठकले नै चलचित्रको स्टोरी लेख्ने कुरा छ । तर भोलि लेख्दै जाँदा अरुलाई पनि हायर गर्न सक्ने अवस्था आउन सक्छ,” सन्तोष भन्छन् । सन्तोषका चलचित्रका प्रायः प्रदीप खड्का छुट्दैनन् । 

विग बजेटमा बनेको सन्तोष सेनको चलचित्र ‘प्रेम गीत–३’ लकडाउनका कारण रिलिज हुन सकेको छैन । गत चैतको अन्तिममा रिलिज हुने भनिए पनि कोरोनाका कारण हल नै बन्द भएपछि उनको चलचित्र रिलिज हुन सकेको छैन ।
 
अवस्था सहज भए र आफ्नो प्रस्ताव चलचित्र विकास बोर्ड र सिनेमा हलले माने दसैंमा रिलिज गर्ने अन्यथा चैत पर्खिने उनले जानकारी दिए । सन्तोषले चलचित्र विकास बोर्डले पब्लिसिटी खर्च उपलब्ध गराउनु पर्ने र देशभरका सबै हलमा बक्स अफिस लागु गर्नु पर्ने तथा हलले मिनिमम् ग्यारेन्टी गरे दसैंमा रिलिज गर्ने अन्यथा प्रदर्शनका लागि चैत कुर्ने बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement