site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
को बन्ला नयाँ आईजीपी ? एआईजी शैलेश थापा र हरि पालबीच प्रतिस्पर्धा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवाली असार २५ गते अनिवार्य अवकाशमा जाँदै छन् । यस्तोमा सरकारले नयाँ आईजीपीको खोजी सुरु गरेको छ । अर्थात् असार २५ गते नेपाल प्रहरीले नयाँ आईजीपी पाउनेछ । यसपटक एआईजी शैलेश थापा क्षेत्री र हरि पालमध्ये एकजना आईजीपी हुने निश्चित छ ।

यसअघि एआईजी नभएको अवस्थामा डीआईजीबाटै आईजीपी बन्दै आएका थिए । वर्तमान आईजीपी ज्ञवाली पनि डीआईजीबाटै नियुक्त भएका हुन् । नेपाल प्रहरीमा थापा र पालसँगै एआईजी तारणीप्रसाद लम्साल पनि छन् । तर उनी वर्तमान आईजीपी ज्ञवालीका ब्याजी भएकाले एकै मितिमा अवकाश पाउनेछन् । यस्तोमा थापा र पाल मात्रै आईजीपीका दाबेदार हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् । प्रहरीभित्र दुवै व्यावसायिक अधिकृत मानिन्छन् । आईजीपी नियुक्ति सरकारले गर्नेगर्छ । सरकारले उपयुक्त लागेको जुनसुकै व्यक्तिलाई आईजीपी बनाउन सक्ने प्रहरी नियमावलीमा उल्लेख छ । सुरक्षा निकायको महत्त्वपूर्ण संगठनमध्येको एक नेपाल प्रहरीको आईजीपी नियुक्तिमा प्रधानमन्त्री, सत्तारूढ दलको अध्यक्ष, गृहमन्त्री प्रतिपक्षी दलको समेत चासो रहने गर्छ । अहिले एकै पार्टीको नेतृत्वमा सरकार रहेकाले प्रधानमन्त्रीले रोजेको व्यक्ति नै आईजीपी बन्ने सम्भावना बलियो छ ।

प्रतिस्पर्धा रहेका थापा र पाल विगतमा विवादमा तानिएका छैनन् । थापाले हालसम्म झापा, कास्की, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रहरी प्रवक्तालगायत महत्त्वपूर्ण कमान्ड सम्हालेका छन् । हाल उनी मानव स्रोत एवं प्रशासन विभागको प्रमुख छन् ।

Global Ime bank

पालले कास्की, रूपन्देही, धनुषा, नुवाकोट, डडेलधुरा, प्रदेश २ र विशेष ब्युरोलगायत महत्त्वपूर्ण स्थानको जिम्मेवारी निर्वाह गरेका छन् । हाल उनी अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुख छन् ।

विगतमा जस्तो छैन दौडधूप
यसअघि आईजीपी नियुक्तिमा दाबेदारबीच व्यापक दौडधूप देखिए पनि यसपटक त्यस्तो देखिँदैन । उनीहरूनिकट स्रोतका अनुसार जो आईजीपी बने पनि एक–अर्कालाई सहयोग गर्ने भद्र सहमति भएको छ ।

यसअघि सर्वेन्द्र खनाल आईजीपी भएपछि उनकै ब्याजी रमेश खरेलले पदबाट राजीनामा दिएका थिए । त्यसयता आईजीपी सर्वेन्द्र खनाल र एआईजी पुष्कर कार्कीबीच राम्रो सम्बन्ध नरहेको चर्चा हुँदै आएको थियो । एक उच्च अधिकारीले भने, “उहाँ दुईबीच विगतका प्रतिस्पर्धीजस्तो अवस्थ्य लडाइँ देखिँदैन । दुवैले एक–अर्कालाई स्वीकार्ने अवस्था छ । यसले संगठनको हित गर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !