site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बागलुङ बजार आसपासमा सम्बोधन हुँदै खानेपानी समस्या
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बागलुङ । बागलुङ बजारमा ५० वर्षसम्म थपिने जनसङ्ख्याको आँकलन गरी खानेपानी उपलब्ध गराउन बृहत लिफ्टिङ खानेपानी आयोजना निर्माणाधीन छ । सो आयोजनाको काम यसै वर्ष थालिएको हो । काठेखोलाको पानी बागलुङ नगरपालिका–४ रात्माटामा लिफ्टिङ गरेर ल्याइने छ ।

आयोजना निर्माणकै चरणमा रहेका बेला सहायक आयोजनाहरु समेत धमाधम स्वीकृत भैरहेका छन् । सङ्घीय तथा प्रदेश सरकारले आगामी आवको बजेट सार्वजनिक गरेसँगै विभागीय मन्त्रालयले जिल्लामा सञ्चालन हुने आयोजनाको विवरण सार्वजनिक गरेको छ । 

सह–लगानी कार्यक्रमअन्तर्गत निर्माण भैरहेको यो आयोजनाको सहयोगी आयोजनाका रुपमा यहाँ पुनः दुईवटा नयाँ आयोजना थपिएका छन् । लिफ्टिङका लागि काठेखोलामा बाँध बनाउन र बृहत योजना निर्माणका लागि डिपीआर बनाउँदा छुटेका तर सम्भावित बस्तीहरु समावेश गर्नका लागि सहयोगी आयोजना स्वीकृत भएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बृहत आयोजना निर्माण थालेको हो । संस्थाले बजारको आवश्यकतालाई ध्यानमा राखेर सरकारलाई गरेको प्रस्ताव अनुसार डिपीआर तयार गरेर सो आयोजना सञ्चालनमा आएको हो । ४५ करोड लागत अनुमान रहेको यो आयोजनाको ठेक्का ३५ करोडमा निर्माण कम्पनीले लिएको छ । जिल्लाकै ठूलो सो आयोजना निर्माणका लागि गरिएको अनुमान पूर्वतयारीमा कमी भएकै कारण आगामी आवको सहयोगी आयोजना सञ्चालन गर्नुपरेको हो ।

‘विस्तारित नगर खानेपानी आयोजना बागलुङ’ आगामी आवमा सञ्चालन हुनेछ । यसको लागि खानेपानी तथा ढल निकास विभाग, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कास्कीले २५ लाख रुपैयाँ बजेट खर्चिदै छ । सो बजेट बृहत लिफ्टिङ खानेपानी आयोजना स्थलमा बाँध बनाउनका लागि विनियोजन भएको हो ।

Royal Enfield Island Ad

“बृहत खानेपानीका लागि तयार गरिने काठेखोला मुहान आसपासमा बाँध बाँधेर सुरक्षित गर्नुपर्ने छ, बजेट त्यसैका लागि हो," सो आयोजनाका सिनियर इञ्जिनीयर शेखर केसीले भने, “भविष्यमा पानी कम हुनसक्ने सम्भावना कम गर्न बाँधको अनिवार्य छ । ” 

विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने बेला यो विषयमा सोचेको भए काठेखोलामा त्यतिबेलै बाँध बन्थ्यो । तर, काम गर्दै जाँदा आवश्यकता महसुस भएपछि योजना माग गर्नुपरेको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको भनाइ छ ।

बजार क्षेत्रमा मात्रै खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले गरेको प्रस्तावमा छुटेका केही गाउँमा काठेखोला लिफ्टिङ आयोजनाकै पानी पुर्‍याउने बागलुङ नगरपालिकाको योजना छ । बजारभन्दा उत्तरतर्फका लंगाउँ, ठूलो लंगाउँ, तिनतले, पाखाथर, रात्माटा लगायतका गाउँमा पानी पु¥याउन नगरपालिकाले चालू वर्षमै ४० लाख खर्चेको छ । “एक लाख ५० हजार लिटर क्षमताका तीन वटा ट्याङ्की निर्माण भैरहेका छन्”  नगरपालिकाका इञ्जिनीयर गौरव शर्माले भन्नुभयो, “सबै गाउँका तीन हजार जनसङ्ख्यालाई पुग्ने गरी पानी पुर्‍याउने लक्ष्य छ ।”

लिफ्टिङ आयोजनाको प्राथमिकतामा नपरेका र पानी पुर्‍याउने सम्भावना धेरै रहेका यि गाउँमा बागलुङ नगरपालिकाले गरेको लगानीमा सङ्घीय सरकारले आगामी वर्ष सञ्चालन हुनेगरी अर्को आयोजना स्वीकृत गरेको छ । यसका लागि  खानेपानी तथा ढल व्यवस्थापन आयोजना कास्कीले रु ५० लाख खर्चिदै छ ।

“नगरको ४० लाखले ट्याङ्की बनेका छन्, अब पाइपलाईन विस्तार र धारा जडानको काममा नयाँ योजनाले काम गर्छ”, उनले भने, “सबै गाउँमा पानी पर्याप्त पुग्छ ।” लिफ्टिङ खानेपानीको रात्माटामा रहने मुख्य ट्याङ्कीबाट झण्डै १०० मिटर भर्टिकल हाइटमा पानी तानेर ती गाउँमा खानेपानी वितरण गरिने छ ।

सहायक योजनाहरुले निर्माण गर्ने संरचनाहरु मुख्य योजनामै नपरेकाले नयाँ योजना स्वीकृत भएका हुन् । जिल्लामा आगामी आवमा सञ्चालन हुने २० वटा खानेपानी तथा सरसफाइ आयोजनाहरुको ठूलो हिस्सा बागलुङ बजार र आसपासकै क्षेत्रमा सञ्चालन हुने योजनाले ओगटेका छन् । झण्डै ३३ करोडभन्दा धेरैका योजनामा सहलगानी कार्यक्रमसहित बजार आसपासमा मात्रै २७ करोडभन्दा धेरै रकम खर्च हुनेछ ।  - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  ०३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro