site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनका ६७ दिनमा ११ सयले गरे आत्महत्या
SkywellSkywell

काठमाडौं । लकडाउनका ६७ दिनमा ११ सय बढीले आत्महत्या गरेको पाइएको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ गतेबाट जेठ १७ गतेसम्मको अवधिमा ११ सय ५ जनाले आत्महत्या गरेका हुन् ।  यो अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश नम्बर ५ मा देखिएको छ । 
प्रदेश ५ मा लकडाउनका ६७ दिनमा २४२ जनाले आत्महत्या गरेका छन् । 

जसमध्ये १२७ जना पुरुष छन् भने ८८ जना महिला छन् । ८ जना बालक र १९ बालिका पनि छन् । यस्तै प्रदेश १ मा १८६ जनाले आत्महत्या गरेका छन् । जसमा १०४ जना पुरुष र ५८ जना महिला छन् । १० बालक र १० बालिका पनि छन् । प्रदेश २ मा लकडाउनका ६७ दिनमा १५२ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ५० पुरुष र ५८ महिला छन् । १७ बालक र २७ बालिकाले पनि आत्महत्याको बाटो रोजेका छन् ।

वागमती प्रदेशमा १६२ जनाले आत्महत्या गर्दा ८९ जना महिला र ६१ जना पुरुष छन् । ३ बालक र ९ जना बालिकाले पनि आत्महत्या गरेका छन् । गण्डकी प्रदेशमा लकडाउनका ६७ दिनमा १२० जनाले आत्महत्या गरेका छन् । ७१ पुरुष र ३८ महिला छन् ।  ६ बालक र ६ बालिकाले आत्महत्या गरेका छन् । 
सबैभन्दा आत्महत्या कम हुने प्रदेशमा कर्णाली परेको छ ।

KFC Island Ad
NIC Asia

लकडाउनको ६७ दिनको अवधिमा कर्णाली प्रदेशमा ५८ जनाले आत्महत्या गरेका छन् ।  जसमा ३३ महिला, १८ पुरुष, ३ बालक र ४ बालिका रहेका छन् ।  सुदूरपश्चिम प्रदेशमा ६७ दिनमा ११४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ५८ पुरुष, ४८ महिला, ३ बालक र ६ बालिका छन् । यस्तै काठमाडौं उपत्यकामा ६७ जनाले आत्महत्या गरेका छन् ।

जसमा ३९ पुरुष, २७ महिला, २ बालक र १ बालिका छन् । यसरी ६७ दिनको औषत आत्महत्याको दर निकाल्ने हो भने दैनिक १६ जनाभन्दा बढीले आत्महत्या गरेको पाइएको छ ।  लकडाउन बाहेक अन्य समयमा नेपालमा दैनिक ११ देखि १४ जनासम्मले आत्महत्या गर्दै आएको प्रहरी तथ्याङ्कले देखाउँछ । प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले नेपाल आत्महत्या गर्ने मुलुकमध्येको शीर्ष १०–१२ राष्ट्रभित्र पर्ने बताँछन् । 

Royal Enfield Island Ad

उनका अनुसार आत्महत्याको कारण ठ्याक्कै भन्न सकिँदैन । कारण किटान गर्न नसकिए पनि व्यक्तिगत तनाव, प्रेम सम्बन्धमा धोका, काममा असफलता लगायतले आत्महत्या गर्न बाध्य हुने गरेको पाइएको छ ।  प्रहरी प्रवक्ता शाही लकडाउनको समयमा अन्य अपराध निकै कम भए पनि आत्महत्या घट्न नसकेको बताउँछन् । 

प्रवक्ता शाहीले भने,“आत्महत्याको दर घटेन । अरु अपराध निकै कम भएका छन् । यो चिन्ताको विषय हो ।”

यस्तो छ प्रदेशको अवस्था 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro