देश
काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा एक युवकले ५ जना साथीको हत्या गरेका छन् ।
सोही गाउँमा रहेको पशु फाममा काम गर्दै आएका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिँजालीले एक महिलासहित ५ जनाको हत्या गरेका हुन् ।
प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकले हत्यामा संलग्न युवकलाई पक्राउ गरिएको जानकारी दिए ।
हत्या गरिएका ५ जना पनि झसेन्द्रसँगै सोही पशु फाममा काम गर्दैै आएका थिए । डीआईजी धानुकका अनुसार हत्या गरिएकी महिलामाथी बलात्कारको प्रयास भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । प्रहरी टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान भइरहेको डीआईजी धानुकले बताए ।
सांकेतिक तस्बिर
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७ ०७:२९
प्रतिक्रिया दिनुहोस्