site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुकुम घटनाको छानविन गर्न बन्यो ९ सदस्यीय विशेष समिति
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी सोतीमा अन्तरजातीय प्रेमका कारण भएको घटनाको छानबिन गर्न ९ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । सोमबार सत्तारुढ दल नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा विशेष समिति गठन गरिएको हो ।

सो समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, प्रकाश रसाली स्नेही, विमला विक, पार्वतीकुमारी विशुंखे, महेश्वरजंग गहतराज, मीन विश्वकर्मा र रामसाहायप्रसाद यादव सदस्य छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गत जेठ १० गते जाजरकोटका नवराज विक सोतीकी मल्ल थर भएकी प्रेमिका लिन १८ जना लिएर गएका थिए । सो क्रममा गाउँलेहरुले आक्रमण गर्दा भेरी नदिमा पलरालेका नवराज सहित ६ जनाको ज्यान गएको थियो । 

सो घटनाको छानविनका लागि  प्रमुख प्रतिपक्षी दल कांग्रेससहित अन्य दलका सांसदहरुले संसदीय विशेष समिति गठनको माग गरेका थिए । 

Global Ime bank

सोही अनुसार संसदीय विशेष समिति गठन भएको हो । समितिलाई कार्य प्रारम्भ भएको ३० दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न कार्यावधि तोकिएको छ ।

दलितसम्बद्ध विभिन्‍न संघसंस्थाले संविधानमा जातीय विभेद गर्न नपाइने उल्लेख भएपछि जातीय विभेदको घटनामा दलितको ज्यान जानेक्रम नरोकिएको भन्दै दैनिकजसो प्रदर्शन गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  २१:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement