site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जावेद अख्तर रिचर्ड डकिन्स अवार्डबाट सम्मानित
Sarbottam CementSarbottam Cement

एजेन्सी । राष्ट्रिय पुरस्कार विजेता गीतकार तथा पटकथा लेखक जावेद अख्तरले प्रतिष्ठित रिचर्ड डकिन्स पुरस्कार जितेका छन् । 

अख्तरकी श्रीमती शबाना आजमीका अनुसार जावेदको आलोचनात्मक सोच, अनुसन्धानका क्रममा धार्मिक धारणा राख्ने, मानव प्रगति र मानवतावादी मूल्य मान्यताहरूको सम्मान गर्ने गरेका कारण सो पुरस्कारबाट सम्मान गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

साथै उनले ट्विटरमार्फत् नै पुरस्कार प्राप्त गरेकोमा बधाई पनि दिएकी छन् ।

हरेक वर्ष प्रदान गरिने यस अवार्ड, यस वर्ष जावेदले पाएका हुन् । साथै उनी यो अवार्डबाट सम्मानित हुने पहिलो भारतीय नागरिक पनि बनेका छन् ।

Global Ime bank

यस प्रतिष्ठित अवार्ड पाउन सफल अख्तरलाई अहिले ट्विटरमा बधाइको ओइरो लागेको छ । जसमा बलिउड कलाकारहरू अनिल कपुर, दिया मिर्जा लगायत पनि छन् ।

यस अवार्डको नाम एक प्रसिद्ध जीववैज्ञानिकको नामबाट राखिएको हो । उनी धर्मनिरपेक्षता, तर्कसंगतवाद र वैज्ञानिक सत्यतालाई समर्थन गर्दै जनमानसको मान्यता सार्वजनिक गर्न रुचाउँथे ।

भारतीय चलचित्रका एक प्रमुख व्यक्ति जावेद अख्तरले विभिन्न सामाजिक विषयमा समर्थन जनाएका छन् । भने सीएए, इस्लामोफोबिया जस्ता विषयमा आफ्नो धारणा व्यक्त गर्न कहिल्यै पनि हिचकिचाउँदैनन् । 


(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC