site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ मा ८३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या एक हजार १४९ 

जनकपुर । प्रदेश २ मा आइतबार पुनः ८३ जना नयाँ संक्रमित भेटिएका छन् । 

शुक्रबारसम्म प्रदेश २ मा संक्रमितको संख्या ९८३ जना थियो । शनिबार ८३ जना संक्रमित थपिएपछि उक्त संख्या १०६६ पुग्यो भने आइतबार पनि थप ८३ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ११४९ पुगेको हो । 

पछिल्लो २४ घण्टामा संक्रमित पुष्टी भएकोमा सबैभन्दा बढी सर्लाहीमा ७४ जना छन् । यो समेत सर्लाहीमा संक्रमितको संख्या २५० पुगेको छ । महोत्तरीमा ५, सिरहामा २ र धनुषा तथा रौतहट एक जनाको दरले नयाँ संक्रमितहरुको पुष्टी भएको हो । 

पछिल्लो तथ्यांक अनुसार प्रदेश २ मा सबैभन्दा बढी संक्रमित रौतहटमा ३९७, सर्लाहीमा २५०, पर्सामा १११, धनुषामा १०१, महोत्तरीमा ९२, सप्तरीमा ७६, बारामा ७० र सिरहा ४९ जना तथा पर्साबाट संक्रमित देखिएका ३ जना भारतीय हुन् । ती मध्ये २०३ जना संक्रमित निको भएपछि अस्पतालबाट घर फर्केको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro