
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले ठगी मुद्दाका फरार प्रतिवादीलाई २४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको साबिक गोलधाप गाविस–६ (हाल हल्दीबारी गाउँपालिका–१)का ६१ वर्षीय नरबहादुर विक छन् ।
विकविरुद्ध ठगी मुद्दामा झापा जिल्ला अदालतको ०५७ भदौ ०४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट ०५८ माघ २२ गते एक वर्ष कैद र ५३ हजार ३३३ रुपैयाँ ३३ पैसा जरिवाना फैसला भएको थियो ।
२४ वर्षसम्म फरार रहेका विकलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरी आज बुधबार फैसला कार्यान्वयनका निमित्त झापा जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
अदालतको आदेशले उनलाई कैद भुक्तानका निम्ति कारागार कार्यालय झापा पठाइएको सूचना अधिकारी एवं प्रवक्ता प्रनाउ खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।