site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ को चौथो अधिवेशन सुरु, प्रतिपक्षी नेताहरुको असन्तुष्टि

जनकपुर । प्रदेशसभाको चौथौं अधिवेशन बुधबारदेखि सुरु भएको छ । चौथो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री लालबाबु राउतले कोरोनोविरुद्ध भइरहेको गतिविधिबारे जानकारी गराए भने प्रतिपक्षी दलका नेताहरुले सरकारको कमजोरी औंल्याए । 

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारकोतर्फबाट कोरोनाको संक्रमण नियन्त्रण गर्न गरेको प्रयास र कार्यक्रमबारे जानकारी गराएका थिए । 

मधेश आन्दोलनलगायत विभिन्‍न राजनीतिक आन्दोलनको क्रममा भएका सहिदहरुको स्मरण गर्दै सुरु भएको बैठकमा मुख्यमन्त्री राउत, प्रमुख प्रतिपक्षी (नेकपा) दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेसका नेता रामसरोज मण्डल, सत्तापक्ष राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल र आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बोलेका थिए । 

नेता मण्डलले विश्वव्यापी विपद्को रुपमा देखिएको परिस्थितिमा पनि प्रदेश सरकारले प्रतिपक्षी दलहरुसँग समान्य छलफल र समन्वय नगरेको भन्दै आक्रोश पोखेका थिए । 

प्रतिकुल परिस्थितिमा पार्टी र धर्मभन्दा माथि उठेर सर्वपक्षीय समन्वय र सहमति गरेर जनताको हितमा अघि बढ्नुपर्नेमा सरकारको तर्फबाट यसका लागि पहल नभएको उनको आरोप थियो । कांग्रेस नेता यादवले पनि कोरोना भाइरसको संक्रमण नियन्त्रण अभियानमा आफुहरुसँग सरकारले समान्य छलफल पनि नगरेको गुनासो गरे । 

मन्त्री सोनलले प्रतिकुल अवस्थाको बावजुद सरकारले जनताको हितमा निरन्तर काम गरिरहेको जिकिर गरे । उनले साधनस्रोतको अभाव र क्वारेन्टाइन गर्नुपर्ने नागरिकको असिमित संख्यालाई व्यवस्थापन गर्न झेलिरहेको समस्या उल्लेख गर्दै सरकारले सकेसम्म कोरोना नियन्त्रण अभियानमा क्रियाशिल भइरहेको बताए । आर्थिक मामिला तथा योजना मन्त्री यादवले आउँदो बजेटको नीति र सिद्धान्त (प्रि बजेट) को अवधारण व्यक्त गरे । 

सभामुखसमेत सबै सांसद, प्रदेशसभा सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको पिसिआर जाँच गरी भौतिक दुरी कायम गरेर प्रदेशसभा बैठक प्रारम्भ गरिएको हो । 

जेठ १५ र १६ गते सबैजनाको स्वाब संकलन गरिएको थियो । बुधबार सबैको रिपोर्ट नेगेटिभ देखिएपछि बैठक कक्षमा प्रवेश गराइएको सभामुखका प्रेस संयोजक प्रभाकर सिंहले जानकारी दिए । 

प्रदेशसभाको अर्को बैठक बिहीबार अपरान्ह ३ बजे बोलाइएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro