site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ‘कालापानीमा बहादुरीसाथ खम्पा विद्रोहीसँग लड्यौं’
SkywellSkywell

मेरो नाम दलबहादुर चन्द हो । मेरो जन्मस्थान बैतडीको तत्कालीन हटैराज गाविस गुर्केली देवलगडा हो । हाल म कञ्चनपुरको भीमदत्त नगरपालिका १८, खैरभट्टी (महेन्द्रनगर) मा बस्छु । म पूर्वसैनिक हुँ । 

२०३१ सालमा म खम्पा काण्ड हुँदा लिपुलेकमा कार्यरत थिएँ । मैले २०४० मा आफ्नै घरपरिस्थितिले नेपाली सेना (तत्कालीन शाही नेपाली सेना) बाट हवल्दार दर्जाबाट राजीनामा दिएको हुँ । म खम्पा विद्राहीको कमान्डर वाङ्दीको दाहसंस्कारको पनि प्रत्यक्षदर्शी हुँ ।  

लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो भन्ने तथ्यले नै थाहा छ । किन भने २०३१ सालमा दलाई लामाको सेना खम्पाहरू जोमसोमबाट भागेर हातहतियारसहित दार्चुला जिल्ला हानेर लुटपाट गरी भारत जाने योजनामा छन् भन्ने थाहा भएपछि नम्बर ४ बाहिनीपति आदित्यशमशेर जबराज्यूबाट हामीलाई प्राप्त भएको आदेशअनुसार २०३१ साल भदौ १६ गते हामी लिपुलेक तिंकरमा उत्रिएका हौं । 

KFC Island Ad
NIC Asia

तिकंरबाट लिपुलेकमा डिफेन्स लिएर बसेका हौं । हाम्रो हो भन्ने कुरा त हामीलाई पहिल्यैदेखि थाहा थियो । एउटा देशको सेना डिफेन्स लिएर हातहतियारले सुुसज्जित भएर डेढ महिनासम्म त्यहाँ बस्छ भने उसको विपक्षी भनौं भारतीय सेनाले पनि कालापानीबाट हामीलाई हेरिराखेको थियो भनेपछि त्यो भूमि भारतको भएको भए केही न केही विद्रोह गर्नुपर्ने, आवाज उठाउनुपर्ने, केही प्रतिक्रियाहरू दिनुपर्ने ।

हामी लिपुलेकमा डिफेन्स लिएर बसेका थियौं । २०३१ भदौ १८ गते बिहान साढे ६ बजे खम्पा विद्रोहीहरू आए । उनीहरू हाम्रो एम्बुसभित्र आएपछि हामीले फायर खोल्यौं । फायर खोलेपछि एम्बुसअगाडि रहेका विद्रोहीहरू मरे । उनीहरूका यातायातका साधन घोडा–खच्चर पनि मरे । 

Royal Enfield Island Ad

हामीले फायर खोलेको ५ मिनेटमै एम्बुसमा नपरेका खम्पा विद्रोहीले पनि डिफेन्स लिएर हामीविरुद्ध फायर गरे । हामी डिफेन्समा थोरै थियौं । खम्पाका ८–१० हजार सेना थपिँदै गरेका थिए । हाम्रो फौज कम भएपछि हामी पछाडि हट्यौं ।

लिपुलेक डिफेन्समा हामी ३० सैनिक मात्र थियौं । बाँकी तल छाङरुमा थिए । तिंकरमा थिए । कालापानीतिर पनि एउटा सेनाको टोलीले गस्ती बढाएको थियो ।  कालापानीमै रहेको भारतीय सेनाले हाम्रो उपस्थितिप्रति कुनै प्रतिक्रिया जनाएन । हलचलसम्म गरेन । तर कालापानीतिर गस्ती गरिरहेको नेपाली सेनाका साथीहरूसँग उनीहरूले के भइराखेको छ, किन नेपाली सेनाको हेलिकप्टर यता आइरहेको छ भनेर सोधका भने रहेछन् ।   

साथीहरूले आप्mनो जवाफ दिनुभएछ– दलाई लामाको सेना यहाँ आक्रमण गर्न आएकाले आप्mनो एरियामा तिनीहरूलाई पस्न नदिन गस्ती गरिरहेका छौं । कालापानीमा खटिएको सेनाको कमान्डिङ बैतडीतिरै घर भएका आनसिंह मजदार सापले गर्नुभएको थियो ।  नेपाली सेनाको चहलपहलप्रति भने भारतीय सेनाले कुनै प्रतिक्रिया दिएन, केवल टुलुटुलु हेरेर मात्रै बस्यो । किन भने त्यो भूमि हाम्रो थियो त्यसैले भारतीय सेनाले बोल्ने सवालै थिएन । 

हामी साथीहरू कालापानीमा बहादुरीका साथ खम्पा विद्रोहीसँग लडेका थियौं । सँगै लडेका साथीहरूसँग अहिले मेरो कुनै सम्पर्क छैन । त्यसरी बहादुरीका साथ लडेकाले तत्कालीन राजा वीरेन्द्रले हामी ३० जना सैनिकलाई विभिन्न पदकसँगै नगदबाट सम्मानित गर्नुभएको थियो ।

हामीलाई राजाले बैतडी सवारीका क्रममा २०३१ सालको असोजमा जनही सु–प्रशंसनीयपट्ट, दुर्गम सेजा पदक र सैनिक सेवा पदकसँगै पाँच सय रुपैयाँबाट सम्मानित गर्नुभएको हो । त्यो बेला म सिपाही थिएँ, मेरो तलब ७२ रुपैयाँ थियो ।  हाम्रो भूमि हो, हामीले रगत पसिना लगाएर लडेका थियौं । अहिले भारतले त्यो भूमि हाम्रो होभन्दा हाम्रो रगत उम्लिन्छ । हामीलाई एकदमै दुःख लागेको छ । हामीलाई के गरौं कस्तो गरौं भन्ने भएको छ । भारतको हेपाहा प्रवृत्ति ठीक भएन । 

हामीसँगै थुप्रै प्रमाण छन् । भारतले हाम्रो भूमि छाड्दैन भने पनि नेपाल सरकारले यसलाई कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ । यति गर्दा पनि छाड्दैन भने अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्छ ।  पूर्वसैनिको नाताले यदि सरकारले त्यो ठाउँमा नेपाली सेना पठायो भने हामी भारतसँग लडाइँ जितौंला नजितौंला तर नेपाली सेना जान तयार छ । तत्पर छ ।   ऊ (भारत) सँग आधुनिक हतियार छ भन्दैमा हामी डराएर भाग्ने कुरा हुँदैन । जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी । जन्मभूमिका लागि नेपाली जनाता, नेपाली फौज मरिमेट्न तयार छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro