site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो छ कर्णाली प्रदेशमा कोरोनाको जोखिम ?
SkywellSkywell

काडमाडौं । कोरोनाले विकराल रूप लिँदै गएमा नेपालका दुर्गम क्षेत्रमा धेरै असर पर्ने विज्ञहरूको भनाइ छ । अधिकांश दुर्गम क्षेत्र रहेको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २३ जना कोरोना संक्रमित भेटिएका छन् । 

यसले गर्दा अन्य जिल्लाहरूमा यसले जटिलता निम्त्याउने अनुमान लगाउन सकिन्छ । पछिल्लो समय भारतबाट आएका व्यक्तिहरूबाट कोरोना भाइरसको संक्रमणले ठूलो रूप लिन सक्ने त्रासमा कर्णालीका बासिन्दा छन् । 

कर्णाली प्रदेशका धेरै मानिस रोजगारीको शिलशिलामा भारत जाने गर्छन् । त्यसैले सरकारले भारतमा रहेका मानिसलाई नेपाल भित्र्याउन लागेपछि सबैभन्दा धेरै जोखिम कर्णालीमा रहेको छ । कर्णालीका जिल्लामा भारतबाट आउने मानिसको संख्या दिनदिनै बढिरहेको छ । त्यसैअनुसार महामारीको न्यूनीकरणका लागि कर्णाली प्रदेश सरकार सचेत रहेको छ ।

KFC Island Ad
NIC Asia

सजक माथिल्लो कर्णाली 

पछिल्लो समय कर्णालीको एकमात्र ठूलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सावधानी अपनाइएको छ । प्रतिष्ठानमा हाल १२० बेडको आइसोलेसन वार्ड छ । त्यस्तै भेन्टिलेटरको संख्या पनि बढाइएको छ । प्रतिष्ठानका राजिस्टार विश्वराज काफ्लेका अनुसार जुम्लाको अवस्था सामान्य रहेको र केही भइपरि आएमा यसको समाधान गर्ने दक्ष जनशक्ति पनि तयारी अवस्थामा छ ।

Royal Enfield Island Ad

“जुम्लाको अवस्था अहिले सामान्य छ । हामीले बाहिरबाट आएका र क्वारेन्टाइनमा बसेका मानिसहरू गरेर करिब २७ सय मानिसको स्याम्पल लिएर परीक्षण गराएका छौं । त्यसमा सबैको रिपोर्ट नेगेटिभ नै आएको छ । भारतबाट आएका मानिसहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौं । जुम्लामा हाल एकीकृत क्वारेन्टाइन निर्माण भएको छ,” काफ्लेले बाह्रखरीसँगको कुराकानीमा भने । 

जुम्लाबाहेक अन्य जिल्लामा पनि केही संक्रमित भेटिएमा प्रतिष्ठानले उपचारका लागि समन्वय गर्नेछ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले अहिलको अवस्थामा जुम्ला सामान्य भए पनि पछिल्लो चार दिनमा भारतबाट आएका मानिसको संख्यामा वृद्धि हुँदा जोखिम बढ्न सक्ने अनुमान उनको छ ।

“पछिल्लो चार दिनमा जुम्लामा १०० जना मानिसको आगमन भएको छ । उनीहरूलाई राखेको १० दिनमा हामी परिणाम लिने छौं । उनीहरूलाई सेनाको निगरानीमा सुरक्षित साथ राखिएको छ । भारतबाट मानिसहरू आउँदा केही जोखिम भने छ,” बन्जाडेले भनिन् । 

उच्च जोखिममा दैखेल 
कर्णाली प्रदेशको राजधानी सुर्खेत नजिकै रहेको दैलेख हाल प्रदेशकै उच्च जोखिममा रहेको जिल्ला हो । दैलेखमा हालसम्म आठ जनामा कोरोना संक्रमित देखिएका छन् । भारतमा काम गर्ने मानिसहरू जिल्लामा आउने संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्लाका डक्टरहरूले गरेको आंकलनभन्दा भारतबाट आएका मानिसको संख्या बढी देखिएको छ । 

दैलेखमा हाल ६ हजारभन्दा धेरै भारतबाट मानिसहरू भित्रिएका छन् । जसमा १५ सय जनाको हाराहारीमा सोमबार मात्रै मानिसहरू भित्रिए । मानिसको आउने क्रम जारी रहँदा हाल जिल्लालाई क्वारेन्टाइनको व्यवस्था मिलाउन असहज भएको छ । जिल्लामा भारतमा काम गर्न गएका मानिसहरू आउने अनुमानित संख्या ४० हजार छ । त्यसले गर्दा दैलेख जिल्लालाई कर्णालीकै उच्च जोखिममा हेरिएको छ । 

“हामीले अनुमान गरेभन्दा धेरै मानिस भारतबाट भित्रँदा अवस्था असहज भएको छ । अहिले ६ हजार मानिसको व्यवस्थापन गर्न नै हामीलाई हम्मेहम्मे भएको छ । जिल्लाका सरकारी तथा गैर सरकारी भवन, स्वास्थ चौकी केही सरकारी भवनलाई क्वारेन्टाइन बनाएका छौं । अझै भारतबाट आउने मानिसहरूको संख्या बढ्न सक्छ । त्यसैले जोखिम धेरै छ तर, सजकता अपनाउँदै अगाडि बढेका छौं,” जिल्ला प्रशासन कार्यालय दैखेलका प्रमुख जिल्ला अधिकारी युवराज कटेल भने ।

अछुतो छैन राजधानी सुर्खेत

कर्णाली प्रदेशको राजधानी सुर्खेत पनि कोरोनाको उच्च जोखिम भएको स्थान हो । प्रदेशकै राजधानी भएका कारण पनि मानिसहरू धेरै बसोबास हुने स्थान हो । भारतबाट सुर्खेत प्रस्थान गर्ने मानिसहरू पनि धेरै छन् ।

सुर्खेतमा हालसम्म चार जनामा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । आज मात्र थप चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जम्मा १२ जनामा कोरोना संक्रमण देखिए पनि आठ जना भने दैलेखका छन् । 

सुर्खेतमा यसअघि भारतबाट आएका व्यक्तिहरूलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । उनीहरूको परीक्षण नेगेटिभ देखएपछि मात्र घर पठाइएको हो । नयाँ भेटिएकाहरू भने भर्खरै भारतबाट आएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro