site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कोरोना नियन्त्रणमा सरकार असंवेदनशील, नीति तथा कार्यक्रममा आत्मप्रसंशा मात्र’ 

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले जनताले सरकार भएको अनुभूति गर्न नसकेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि आजबाट संसदमा सुरु भएको छलफलका क्रममा देउवाले कोरोना महामारीका कारण समस्यामा रहेका जनताले सरकारको अनुभूति गर्न नपाएको बताएका हुन् ।

उनले लकडाउनको यो अवधिमा परिस्थितिको गम्भीरताप्रति सरकार संवेदनशील हुन नसकेको भन्दै आलोचना पनि गरे । “विदेशमा लाखौं नेपाली कोरोनाका कारण समस्यामा परेका छन् । भारतीय सीमामा हजारौं नागरिक विचल्लीमा परेका छन् । तिनले सरकारवाट सुरक्षित रूपमा घर फर्किने  वातावरण र सहजीकरणको अपेक्षा गरेका छन् । तिनीबारे नीति कार्यक्रममा ठोस योजनाको अभाव छ,” देउवाले भने । 

त्यस्तै, उनले स्वास्थ सामग्री तत्काल पर्याप्त प्रबन्ध गर्न, पीसीआर परीक्षणको दायरा व्यापक रूपले समुदाय स्तरमा पुर्याउन, विभिन्न क्षेत्रका लागि आवश्यक राहतको व्यवस्थित प्याकेज ल्याउन र विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काएर मापदण्डयुक्त क्वारेन्टाइनमा व्यवस्थित रूपले राखेर परीक्षणपश्चात् घर पुर्याउने बन्दोबस्त मिलाउन पनि सरकारसँग माग गरे । 
 
प्रमुख प्रतिपक्षी दलका नेता देउवाले नीति तथा कार्यक्रममा सरकार आत्मप्रशंसामा रमाएको बताए । विगत दुई वर्षमा निकै काम गरेको दाबी गरिए पनि उनले प्रधानमन्त्री केपी ओलीलाई विगत दुई वर्षका नीति कार्यक्रम पुनः एकपटक पढ्न अनुरोध गर्दै त्यसले नयाँ नीति कार्यक्रमका असत्य दाबीलाई उजागर गर्ने बताए । 

दुई वर्षपहिलेको नीति कार्यक्रम हेरेर आफैं लज्जित बन्नुपर्ने सरकारको स्थिति रहेको उनको भनाइ थियो । “त्यो बेला एक वर्षभित्र बनाउँछु भनेको गौतम बुद्ध एयरपोर्ट बनेको छैन । तीन मुख्य राजमार्गको छेउमा बनाउँछु भनेको ७६५ केभी ट्रान्समिसन लाइन, निजगढ एयरपोर्ट निर्माणको प्रतीक्षामा छन्,” फेहरिस्त पेस गर्दै देउवाले भने, “पहिलेका नीति कार्यक्रममा उल्लेख गरिएका सातवटै प्रदेशका प्रमुख सहरमा विद्युतीय बस सेवा सञ्चालनमा ल्याइनेजस्ता केही सपना पूरा नभई बिनाकुनै स्पष्टीकरण तुहिएका छन् । यी त केही उदाहरण मात्र हुन ।” 

उद्योगमा भएको क्षतिको अनुमान गर्न सरकारले नसकेको, निर्यात बढाउने योजना नभएको, पर्यटन प्रवर्द्धनको कुनै नीति नभएको भन्दै उनले नीति तथा कार्यक्रमको आलोचना गरे । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro