site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाको उच्च जोखिममा सुरक्षा प्रबन्ध यस्तो ! 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालमा कोरोनामो जोखिम बढ्दो छ । दैनिक संक्रमितको संख्या थपिएको छ । कुनै पनि संकटमा अग्रपंक्तिमा आउने भनेको सुरक्षा निकाय हो । त्यसमा पनि नेपाल र सशस्त्र प्रहरीको भूमिका बढी देखिन्छ ।

तर सुरक्षा निकायभित्रै कोरोना संक्रमित देखिन थालेपछि आन्तरिक रूपमै चुनौती थपिएको छ । हालसम्म नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरीका पनि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको दुवै संगठनको मुख्यालयले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाल प्रहरीका प्रवक्ता डीआईजी नीरज शाही प्रहरी स्वास्थ्य सुरक्षाका साथ ड्युटीमा खटिए पनि उच्च जोखिम रहेको बताउँछन् । उनले भने, “हामीलाई मात्रै होइन, चुनौती सबैतिर छ । आम समयभन्दा यो अप्रत्यासित समय हो ।  नागरिक र राज्यप्रतिको जिम्मेवारीमा हामी कहिल्यै विचलित हुँदैनौं । कोरोनाकै कारण एकजनाको ज्यान गएपछि आन्तरिक रूपमा थप सतर्कता अपनाएका छौं ।”

ब्यारेकमा जाँदा, ड्युटीमा खटिँदा, पक्राउ वा नियन्त्रणमा लिँदा उपलब्ध स्वास्थ सामग्रीको प्रयोग गर्दै आएको प्रवक्ता शाही बताउँछन् । यसबाहेक बिदामा गएकाहरू फर्किंदा अनिवार्य क्वारेनटाइन, शंका लागे स्वास्थ्य जाँचसमेत गरिँदै आएको छ । प्रवक्ता शाहीले भने, “जनताबीच विभिन्न कारणले पुग्नैपर्छ । यस्तो अवस्थामा सामाजिक दूरी, जोखिम न्यूनीकरण गर्ने उपाय सकेसम्म अपनाउँछौं ।” नेपाल प्रहरीले देशभर दुई सयको संख्यामा आइसोलेसन वार्ड निर्माण गरेको छ । यसबाहेक प्रहरी कर्मचारीको स्वास्थ्य अवस्थाको नियमित अनुगमनसमेत भइरहेको प्रवक्ता शाहीले बताए ।

Royal Enfield Island Ad

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठले आमनागरिकले अपनाउने सुरक्षा सावधानी नै आफूहरूले अपनाएको बताए । कार्यक्षेत्रमा खटिँदा कतिपय अवस्थामा पीपीईसहित अन्य स्वास्थ्य सामग्रीको समेत प्रयोग गर्ने गरेको बताए ।

सीमा सुरक्षा, अन्य विभिन्न स्थानमा जाँचलगायत शान्ति सुरक्षामा सशस्त्र प्रहरी परिचालन भएको श्रेष्ठ बताउँछन् । लकडाउनको अवधिमा देशभर ३१ हजार बढी जनशक्ति परिचालन गरिएको उनले बताए । नेपाल प्रहरीजस्तै बिदाबाट फर्किएकालाई अनिवार्य क्वारेनटाइन र स्वास्थ्य जाँच गरिँदै आएको उनले बताए । सशस्त्र प्रहरी अग्रपंतिमा रहेर काम गर्नुपर्ने भएकाले स्वास्थ्य चुनौती रहेकोसमेत श्रेष्ठ बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro