site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालगन्जमा सेना परिचालन, ९० को परीक्षण गर्दा २२ जनामा कोरोना
SkywellSkywell

काठमाडौं । बाँकेको नेपालगन्जमा कोरोना संक्रमित बढेपछि निषधाज्ञा जारी गर्दै सेना परिचालन गरिएको छ ।  आजबाट २५ गते रातिसम्म लागु हुनेगरी नेपालगन्ज उपमहानगर क्षेत्रमा निषेधज्ञा जारी गरिएको हो । आजमात्रै नेपालगन्जमा थप सातजना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
योसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ । 

सातैजना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । यसअघि आइतबार नेपालगन्जमै १५ जना संक्रमित फेला परेका थिए ।  बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले संक्रमित बढेसँगै चुनौती थपिएको बताए । उनका अनुसार पहिलो व्यक्तिको सम्पर्कमा आएका ९० जनाको परीक्षण गरिएकोमा २२ जनामा संक्रमण देखिनुले चुनौती थपिएको हो ।

कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्रीमा समस्या

KFC Island Ad
NIC Asia

सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार कोरोना संक्रमण देखिएका सबै एकै टोलका हुन् ।  जसमा ७ वर्षीय बालकदेखि ६० वर्षसम्मका छन् । सबैको अवस्था भने समान्य रहेको उपाध्यायले बताए । 

उनले भने, “कतिपयले नेपालभन्दा बाहिरका हुन् भन्ने हल्ला गरेको पाइयो त्यस्तो होइन, सबै नेपाली हुन् । कोही पनि  विदेशबाट आएको देखिँदैन । त्यसैले समुदायस्तरमै फैलिएको छ कि भन्ने चिन्ता बढेको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री खोज्न पनि चुनौती थपिएको छ ।” 

Royal Enfield Island Ad

उनका अनुसार स्वास्थ्यकर्मी, नेपाली सेनासहितको टोली सुरक्षामा सक्रिय भएको छ । सीमा क्षेत्रमा पूर्णरुपमा कडाइ गरिएको र महानगरभित्र प्रवेशमा रोक लगाइएको छ ।

अन्त फैलिने डर

स्थानीय सुरक्षा अधिकारीका अनुसार सुरुमा एकजना भारतबाट आएको र उनीबाटै कोरोनाभाइरस फैलिएको खबर चर्चामा आए पनि त्यसको पुष्टि हुन सकेको छैन ।  संक्रमितमध्ये एकै परिवारका तीनजनासम्म छन् । कोरोनाभाइरसको परीक्षण नहुँदासम्मको स्थिति सामान्य मानिए पनि अब भने सबैलाई झस्काएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय भन्छन्, “विदेशबाट आएकाहरु भए कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री खोज्न सहज हुन्थ्यो । तर उनीहरु सबै स्थानीय हुन् । आजसम्म कता–कता पुगे, क–कसको सम्र्पकमा पुगे । कहिलेबाट उनीहरु संक्रमित थिए यो विषय गम्भीर बनेको छ ।”  उनीहरुबाट अरुमा पनि कोरोना फैलिएको छ कि भन्ने त्रास पनि बढेर गएको छ । 

उपाध्यायले निषेधाज्ञा कडाइका साथ लागु गरिने बताए ।  उपमहानगर क्षेत्रमा अत्यावश्यक र प्रशासनको अनुमतिप्राप्त व्यक्तिमात्रै आउन पाउनेछ ।  जिल्ला प्रशासन कार्यालयका अनुसार परीक्षणको दायरा बढाइएको छ ।  नागरिकलाई परिस्थितिको संवेदनशीलता बुझिदिन पनि प्रशासनले आग्रह गरेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro