site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद अपहरणबारे प्रहरी प्रवक्ता भन्छन् - जाहेरीबारे स्थानीय प्रहरीले निर्णय गर्छ
SkywellSkywell

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित नेकपा सांसद महेश बस्‍नेत र किसान श्रेष्ठमाथि महोत्तरीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप छ । आइतबार अहपरणमा परेका भनिएका सांसद यादवसहित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायतको नवगठित जनता समाजवादी पार्टी शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न पुगेको थियो ।

तर आफ्नो कार्यक्षेत्र नपरेको भन्दै प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गर्‍यो । सुरेन्द्र यादव जनता समाजवादी दलका महोत्तरीबाट संघीय सरकारका प्रत्यक्ष निर्वार्चित सासंद हुन् । अपहरण र शरीर बन्धकजस्तो जघन्‍य अपराधको उजुरी दर्ता गर्न अस्वीकार गरेपछि प्रहरीको चौतर्फी आलोचना भइरहेको छ । सरकारको दबाबमै उजुरी दर्ता नगरिएकोभन्दै प्रहरीको आलोचना भइरहेको छ ।

KFC Island Ad
NIC Asia

देशभर लकडाउन भएको समयमा काठमाडौंबाट महोत्तरी पुगेका खनाल र बस्‍नेतको टोलीले यादवलाई १० वैशाखमा उनको पार्टी फुटाएर नेकपामा मिलाउने उद्देश्यले काठमाडौं ल्याएकथिए । त्यसैका लागि सरकारले अध्यादेशसमेत ल्याएको बाइएको थियो । कोरोना संकटको समयमा राजनीतिक दल फुटाउन अध्यादेश ल्याएको भन्दै सरकारलाई 'ब्याकफायर' भएपछि अध्यादेश फिर्ता लिइसकेको छ ।

सासंद यादवले आफूलाई झुक्याएर महोत्तरीबाट काठमाडौं ल्याएको दाबी गरेका छन् ।

Royal Enfield Island Ad

आइतबार प्रहरीले घटनाको उठान भएकै जिल्लामा जाहेरी दिन जानुस भन्दै जाहेरी लिन मानेन । प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले कानुनअनुसार प्रहरी अगाडि बढ्ने बताउँछन् । उनले भने, “स्थानीय प्रहरीले सबै कुराको अध्ययन गर्छ । दर्ता गर्ने नगर्ने कानुनमै उल्लेख छ । सम्बन्‍धित प्रहरी अधिकृतले यसबारे निर्णय लिने कुरा हो ।”

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्याम अधिकारी जाहेरी आएपछि त्यसको त्यसको अध्ययन गरेर मात्र दर्ता गर्ने-नगर्ने  भन्न सकिने बताउँछन् । एसपी अधिकारीले भने,“अहिले उजुरी नै आएको छैन । कसरी भन्‍नु ? उहाँहरु काठमाडौंमै हुनुहुन्छ भन्‍ने कुरा छ ।” 

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ४ (१) मा 'अनुसूची-१ मा उल्लिखित कुनै कसूर भएको, भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने ब्यक्तिले त्यस्तो कसूरका सम्बन्धमा आफूसँग भएको वा आफूले देखे जाने सम्मको सवुद प्रमाण खुलाई त्यस्तो कुराको लिखित जाहेरी दरखास्त वा मौखिक सूचना वा विद्युतीय माध्यमको सूचना अनुसूची–५ बमोजिमको ढाँचामा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र दिनु पर्ने' उल्लेख छ । 

"जाहेरी दरखास्त नजिकको जुनसुकै प्रहरी कार्यालयमा पनि दिन सकिने तर त्यस्तो जाहेरी दरखास्त अपराध भएको स्थलको सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा मातहत तोकिएको अन्य प्रहरी कार्यालयमा दर्ता हुने," प्रहरी नियमावलीमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro