site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हरियो तरकारी टोलटोलमा

लुम्बिनी । लकडाउनका कारण बजारमा ताजा र हरियो तरकारी अभाव हुने धेरैलाई डर थियो । अर्कातिर कोरोना संक्रमणको जोखिमी समयमा भारतीय तरकारी आउने डरले उपभोक्ता खरिद गर्न समेत हिचकिचाउने गरेको अवस्थामा भैरहवामा टोलटोलमै ताजा तरकारी उपलब्ध गराइएको छ । 

प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सिद्वार्थनगर नगरपालिकाको समन्वय तथा जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीको व्यवस्थापनमा भैरहवामा नेपाली किसानले उत्पादन गरेको तरकारी वितरण गरिएको हो ।

सियारी र  शुद्धोधन गाउँपालिकाका विभिन्न क्षेत्र र टिकुलीगढका किसानले उत्पादन गरेका हरियो र ताजा तरकारी किसानकै मूल्यमा भैरहवाको टोलटोलमा पाउने गरी व्यवस्थापन गरिएको  सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौडेलले बताए । अध्यक्ष पौडेलले भने, “हामीले किसानले जुन मूल्यमा खेतमा बिक्री गर्नुहुन्छ, सोही मूल्यमा उपभोक्ताले पाउनेगरी बिक्रीको प्रबन्ध मिलाएका छौं ।’

हरियो सब्जी टोलटोलमा पुर्‍याउने गरी कृषि एम्बुलेन्सबाट भैरहवाका अन्नपूर्णटोल, दुर्गा मन्दिर,  बैकक्लोनी र डाँडागाउँमा  हरियो र ताजा तरकारी बिक्री गरिएको छ ।  भिन्डी प्रतिकेजी  रु ६०, टमाटर रु ३५, करेला रु ८० किलोका दरले बिक्री भएको छ ।  बजारमा  प्रतिकेजी भिण्डी १२०,  टमाटर रु ६० र  करेला रु १२० मा बिक्री भइरहेको छ । 

उन्नाइस हजार ५ सय सदस्य रहेको जनउत्थान सहकारीको प्रबन्धमा भइरहेको उक्त तरकारी बिक्री कार्यक्रमले चोरीतस्करी गरेर आउने भारतीय विषादीयुक्त तरकारी पनि विस्थापन गर्ने सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  २३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro