site stats
बाह्रखरी :: Baahrakhari
देश
इटलीबाट आएकी महिलाको र्‍यापिड टेस्टमा कोरोना संक्रमण देखियो
Argakhachi Cement Island Ad

काठमाडौं । इटलीबाट आएकी ३१ वर्षीय एक महिलामा र्‍यापिड टेस्टका क्रममा कोरोना संक्रमण (पोजेटिभ) देखिएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ मा बुधबार र्‍यापिड टेस्टका क्रममा कोरोना पोजेटिभ पाइएको हो ।

नगरपालिका प्रमुख (मेयर) उद्धवप्रसाद खरेलले र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ पाइएपछि पीसीआरका लागि टेकु अस्पताल पठाइएको जानकारी दिए । उनका अनुसार इटलीबाट आएकी ती महिला २२ दिन घरमै क्‍वारेनटाइनमा बसेकी थिइन् । थप रिपोर्ट आएपछि नगरपालिकाले औपचारिक रूपमा जानकारी दिने उनले बताए ।

यसअघि सनसिटी अपार्टमेन्टमा पनि र्‍यापिड टेस्टकै क्रममा बेलायतबाट फर्केका एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ देखिएको थियो । तर पीसीआरबाट परीक्षण गर्दा दुईजनामा मात्रै कोरोना पोजेटिभ पाइएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्