फाइल तस्बिर ।
काठमाडौं । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ग्रामिण स्वास्थ्य स्वयम् सेविका पनि परिचालन गर्ने भएको छ ।
आइतबार बसेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उनीहरूलाई आवश्यक कार्यविधि बनाएर परिचालन गर्ने निर्णय गरेको हो ।
मुलुकभर ५० हजार त्यस्ता स्वयम्सेविका रहेको समितिले जनाएको छ । उनीहरूलाई बीमा लगायत अन्य सेवा सुविधा पनि सरकारले निर्धारण गर्नेछ ।
आज बसेको बैठकले कोरोना उपचार, रोकथाम, नियन्त्रणमा सम्लग्न सबै चिकित्सक, स्वास्थ्यकर्मीलाई बीमा र अन्य अतिक्ति सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि पनि त्यस्तो निर्णय भए पनि आजको बैठकले थप प्रष्ट पारेको समितिले बताएको छ ।
आजको बैठकले नेपाली सेना सहित, चिकित्सा, स्वास्थ्यकर्मी सम्मिलित प्यासेन्ट रिसिभ टिम (पीआरटी) बनाउने निर्णय पनि गरेको छ ।