site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बष्टनका व्यवसायी राम धितालको कोरोना संक्रमण अनुभव 
Sarbottam CementSarbottam Cement

बष्टन (अमेरिका) । बष्टनमा कोरोनाभाइरस पोजेटिभ देखिएका व्यवसायी राम धितालको लक्षण अहिले बन्द भएको छ । 

ज्वरो कम गर्ने औषधिको प्रयोगबिना लक्षण रोकिएको तीनदिन अर्थात ७२ घण्टापछि कोरोना भाइरसरहित मानिने रोग नियन्त्रत तथा रोकथाम केन्द्र (सीडीसी)को गाइडलाइन्समा उल्लेख छ । 

कोभिड १९को यो संक्रमणका बेला अमेरिकादेखि नेपाल र विश्वका विभिन्न देशमा बस्ने नेपाालीहरुसमक्ष आफ्नो अनुभव बाह्रखरीसँग बाँड्न उनी तयार भए । व्यवसायी धिताललाई एक साताअघि ज्वरो आउने र खोकी लाग्ने लक्षण देखियो । उनलाई आफ्नो शरीर कमजोर भएको जस्तो पनि अनुभव भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तो लक्षण देखिनासाथ उनी घरमै सेल्फ आइसोलेसनमा बसे । सेफ आइसोलेसनमा जानासाथ आफ्ना चिकित्सकलाई सम्पर्क गरे । लक्षणका आधारमा उनका चिकित्सकले उनलाई कोरोनाभाइरसको जाँच गराउन ‘नरउड हस्पिटल रिफर’ गरे । 

‘नरउड हस्पिटल’ले उनको नाकबाट नमुना संकलन गरेर घर पठायो ।  श्वासप्रश्वासमा गम्भीर समस्या नदेखिएका कारण उनी अस्पताल बस्नुपरेन । घरैमा छुट्टै कोठामा बसेर सेल्फ आइसोलेसनमा बस्न उनका चिकित्सकले सुझाव दिए । 

Global Ime bank

स्वास्थकर्मीहरुभन्दा बाहेक अस्पतालमा धेरै मानिस थिएनन् ।  धितालका अनुसार फाट्ट फुट्ट कोरोना चेकजाँच गराउने मानिसहरु थिए । अस्पताल सुनसान जस्तो देखिन्थ्यो । उनका मुख्य लक्षणहरुमा सुख्खा खोकी, तलमाथि तापक्रम भइरहने ज्वरो र पेट गडबडी भयो । 

“रुघाका लक्षण जस्तै सिंगान बग्ने वा हाच्छिऊँ आउने मलाइ थिएन,” धितालले भने, “सुख्खा खोकीको साथमा घाँटीमा कुनै कुराले खोपेजस्तो वा कोपरेजस्तो महसुस भयो ।” 

अस्पताललाई नमुना दिएको दुईदिनपछि कोभिड १९ संक्रमण भएको रिपोर्ट उनलाई प्राप्त भयो ।  अस्पतालबाट फोन आएपछि मात्र उनलाई कोरोना संक्रमणको पुष्टि भयो । कोरोनाभाइरस पोजेटिभ देखिएपछि घरमा बसेर आराम गरे ।

कसरी सर्‍यो होला 

धितालको मुटुको पुरानो समस्या भएकोले पनि उनी थप सजग थिए ।  उनले भने, “तर म डराएको थिइन । नियमको पालनाले मलाइ ठिक हुन्छ भन्ने लागेको थियो ।” कोरोनाभाइरसको संक्रमणका खबरहरु आएसँगै कुनै मानिसको नजिक पर्दा संक्रमण सर्ने हो कि भन्ने उनलाई लागिरहेको हुन्थ्यो ।

त्यसकारण नगइ नहुने ठाउँमा जाँदा पनि उनले सतर्कता अपनाएका थिए ।  कहाँबाट कोरोनाभाइरस सर्यो भनेर धिताललाई यकिन छैन । किनभने बिरामी भएको मानिसको नजिक उनी गएका थिएनन् र कसैले खोकी तथा हाच्छिऊँ गरेका बेला सम्मुख पनि उनी परेका थिएनन् । 

हरेकपटक आवश्यकीय वस्तु किनमेल गर्न जाँँदा सामाजिक दुरी कायम गरेकै थिए । 

“सामाजिक दुरी कायम गर्दागर्दै पनि कहिलेकाहीँ कसैको नजिक पुगिएको हुन सक्छ,” धितालले भने, “अथवा किनमेल गरेर ल्याइएका वस्तु वा कार्टमा पनि भाइरस हुनसक्छ । अथवा गाडीमा ग्यास हाल्दा पनि संक्रमण भएको हुन सक्छ ।”

घरेलु पद्धतीको प्रयोग

उनले संक्रमणको अवधिभर धिताललाई उच्च तापक्रमको ज्वरो कहिले १०१ डिग्री फरेनहाइट पुग्ने त कहिले ९९ डिग्रीमा झरिहाल्ने भयो । “नर्स अध्ययनरत छोरी समीक्षा घरमै भएकोले पनि मेरो विशेष हेरचाह भयो,” उनले भने, “ज्वरो कम गर्न मैले टाइनलोल औषधि खाएँ ठिक्क मात्रामा ।”
धितालले तातोपानी, बेसार, ज्वानो आदिको प्रयोगलाई तीव्र बनाए । 

उनले भने, “बेलुकाको समयमा त मैले भिक्स हालेको तातोपानीको बाफ सिरकले छोपेर लिएँ । बेलुकी खोकी लाग्दा उनले ज्वानो पानी पनि खाए र ज्वानोलाई दाँतमा लिएर बिस्तारै चपाइरहे ।”

विश्व स्वास्थ्य संगठन वा सीडीसीको गाइडलाइन्समा भएका सुझावहरुको पालनाका साथै नेपालमा प्रचलित घरेलु उपायहरुको अवलम्बन गर्न धितालले आग्रह गरेका छन् । 

“बेसार, ज्वानो, तातोपानीको प्रयोग दिनमा तीन चार चोटी गरेर मलाइ सञ्चो हुन मद्दत पुगेको हो,” धितालले भने, “म अहिले स्वस्थ भइसकें अब सीडीसीका प्रतिनिधिको फोन कुरिरहेको छु ।”

धिताल बस्ने मेडफिल्ड टाउनका सीडीसी प्रतिनिधिले फोन गरेर निको भयो भने पछि मात्र उनी आइसोलेसनबाट बाहिर निस्कन पाउनेछन् ।

यसैगरी म्यासाच्यूसेट्समा गत साता एक नेपाली कोरोनाभाइरसको संक्रमणमा परेको र उनी खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ ।

तस्बिर : कोभिड १९ संक्रमण भएपछि सेल्फ आइसोलेसनमा रहेका राम धिताल
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement