site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 न्यूयोर्कमा ३ सय नेपालीमा कोरोना संक्रमणको आशंका, ३० जना अस्पतालमा 
Sarbottam CementSarbottam Cement

अमेरिका । न्यूयोर्क सहरमा कोरोना भाइरसको प्रकोप भयावह हुँदै गर्दा न्यूयोर्कवासी नेपाली पनि त्रस्त र प्रभावित बनेका छन् ।

संक्रमितको विवरण अस्पतालले गोपनीयताका कारण दिन नमिल्ने भएकोले नेपाली समूदायमा संक्रमणको संख्या अनुमान मात्र रहेको छ । 

केही दिनअघि कोरोना संक्रमणबाट मृत्यु भएका अनिल सुब्बा (लिम्बु)को दाहसंस्कार शनिबार भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले न्यूयोर्कमा करिब ३ सय नेपालीलाई कोभिड १९ को संक्रमण भएको अनुमान गरिएको बताए । विष्टका अनुसार व्यक्तिगत रुपमा कोरोना पोजेटिभ देखिएकाहरुले पनि उनलाई सम्पर्क गर्ने गरेका छन् ।  उनले भने, “तर संक्रमण भए पनि नेपालीहरुमा रोग लुकाउने क्रम बढेको छ ।”

हालसम्म न्यूयोर्कमा मात्रै ५३ हजार ५ सय २० संक्रमित छन् भने न्यूयोर्कमा ८ सय ३४ जनाको मृत्यु भएको छ ।

Global Ime bank

दुई नेपालीहरु शम्भु मोक्तान र जीवन बमले आफूलाई कोरोना भाइरस भएको कुरा मिडिया तथा सामाजिक सञ्जालमा जानकारी दिएका छन् । आफूलाई यो रोग भए अरुलाई सर्छ र रोग नलुकाउन उनीहरुले आह्वान पनि गरेका छन् ।

न्यूयोर्कको लंग आइल्याण्डस्थित जुइस अस्पतालमा उपचार गराइरहेका मोक्तानलाई चिकित्सकले खतरामुक्त रहेको र सोमबार अस्पतालबाट डिस्चार्ज गर्ने जानकारी फेसबुकबाट दिएका थिए । 

उनीहरुले घाँटी दुख्ने, ज्वरो आउने र सास फेर्न गाह्रो हुने लक्षण देखिएपछि भाइरसको टेस्ट गरेका थिए । जसको परिणाम पोजेटिभ देखिएको थियो ।

न्यूयोर्कस्थित एल्महस्र्ट अस्पतालका सामूदायिक सल्लाहकार समिति सदस्य यादव बास्तोलाका अनुसार न्यूयोर्क सिटीका विभिन्न ३० नेपालीहरु कोरोना भाइरसका कारण अस्पतालमा भर्ना भएका छन् । 

उनीहरुलाई ब्रुकलिन केन्स काउन्टी उडहल र एल्महस्र्ट अस्पतालमा भेन्टिलेटरमा राखेर स्वासप्रस्वास गराइँदै आएको छ ।

बास्तोला कार्यरत अस्पतालमा १२ नेपालीको उपचार भइरहेको छ । त्यस्तै कोरोना भाइरस पोजेटिभ देखिएका अन्य ४० नेपालीहरु घरमा नैं बसेर आराम गरिरहेका छन् । 

घरैमा बसेर सामाजिक दूरी र एकान्तवास(क्वारेन्टाइन) गर्नुपर्ने अनिवार्य आदेश न्यूयोर्कमा जारी गरिएको छ । 

कोरोना भाइरस संक्रमणको अवस्थामा स्वास फेर्न समस्या हुने सिकिस्त बिरामीबाहेक अरुलाई अहिले न्यूयोर्कका अस्पतालले भर्ना लिने गरेको छैन । 

निकै तीव्र गतिमा फैलिँदै गएको भाइरसका कारण अस्पतालमा उपलब्ध बेडसँख्या अपर्याप्त हुने देखिएको छ । 

न्यूयोर्कमा जम्मा ५३ हजार मात्र क्रिटिकल केयरका बेड रहेका छन् । गभर्नर एण्डु्र कुमोले यो बेड संख्यालाई दोब्बर बढाउनुपर्ने माग केन्द्रीय सरकार (फेडरल गभर्मेन्ट) समक्ष गर्दै आएका छन् ।

सञ्चारकर्मी मच्छेदेवी गुरुङ पनि अन्य न्यूयोर्कबासी जस्तै घरभित्रै बसेको १० दिन भयो । संक्रमणको अनुमानित तथ्यांकले नेपालीहरुमा त्रास बढेको गुरुङले बताइन् । कसैलाई कोरोना भएको छ भन्ने थाहा भयो भने समाजबाटै बाहिर रहनुपर्छ भन्ने डरले पनि लुकाउने गरेका छन् ।

उनका अनुसार त्यही कारणले संक्रमितहरुले आफ्नो रोग लुकाउने गरेका हुन् । न्यूयोर्क विश्वकै महँगो मध्येको एक सहरमा एउटा कोठामा ३ देखि ५ जना नेपालीहरु मिलेर बस्ने गरेका हुन्छन् । 

“साँघुरो कोठामा धेरैजना बस्दा एउटालाई कोरोना भाइरस भयो भने अरुलाई तुरुन्तै सरिहाल्छ नि,” गुरुङले भनिन् ।

त्यसरी मिलेर बसेको अपार्टमेन्टमा कसैलाई कोरोना भाइरस लाग्यो भने क्वारेन्टाइन गर्न अर्को स्थानको व्यवस्था गर्नुपर्ने हुन्छ । 

“यो कुरा निकै चुनौतीपूर्ण छ,” अधिकार नामक सामाजिक संस्थाकी कार्यक्रम निर्देशक नर्बदा क्षेत्री भन्छिन् । 

क्षेत्रीका अनुसार दिनदिनै किनेर खानुपर्ने मानिसलाई यो क्वारेन्टाइन र लकडाउनको व्यवस्थाले गाह्रो बनाएको छ । 

कोलम्बिया विश्वविद्यालय र वासिङ्टन पोष्टको संयूक्त अध्ययन तथ्यांकअनुसार न्यूयोर्क सहरमा हाल प्रत्यक्ष १० हजार मानिसका लागि २ दशमलव ७ मात्र सघन उपचार (आईसीयू) बेडहरु छन् । 

कोरोनाले फोक्सो बिगारेका बिरामीलाई अनिवार्य रुपले भेन्टिलेटरमा राखेर १४ दिनदेखि २१ दिनसम्म राख्नुपर्ने हुन्छ जुन आईसीयूमा हुन्छ । नेपालीहरुको बाक्लो आवादी रहेको क्वीन्स सहरमा संक्रमितको संख्या १० हजार पुगेको बताइएको छ । 

यसैगरी टेक्सासको डालसमा एक नेपालीलाई पनि कोरोना भाइरस भएको आशंका गरिएको छ । 

उनको अस्पतालमा न्युमोनियाको उपचार भइरहेको नेपलिज अमेरिकन चेम्बर अफ कमर्सका महासचिव तथा उद्यमी बाल जोशीले बताए । 

त्यसैगरी सान एन्टोनियोमा पनि दुई नेपालीलाई कोरोना भाइरस लागेको बताइएको छ । 

त्यस्तै ४२ सय ५७ संक्रमित रहेको म्यासाचुसेट्समा ४४ जनाको मृत्यु भइसकेको छ । यो राज्यमा हालसम्म कोही नेपाली पनि संक्रमित नदेखिएको ग्रेटर बोस्टन नेपालीज कम्यूनिटीका अध्यक्ष अर्जुनजंग कुँवरले बताए ।

नेपालीभाषी भुटानीहरु पनि प्रभावित 

पेन्सिलभेनियाको ह्यारिसबर्ग र ओहायोको सिन्सिन्याटीमा बसोबास गर्ने नेपालीभाषी पुनस्र्थापित भुटानीहरुलाई कोरोनाभाइरस लागेको छ । भुटनिज कम्यूनिटी ह्यारीसबर्गको फेसबुक पेजले यसरी संक्रमित हुने भुटानीहरुको परिवारसंख्या ४ रहेको जनाएको छ । 

त्यसैगरी ओहायोको सिन्सीन्याटीमा एकै परिवारका ५ जना सदस्यमा कोरोना भाइरस भेटिएको हो । 

कोरोनाको रोकथाम र जनचेतनाका लागि भुटानी समुदायमा डाक्टर, नर्स र समुदायका अगुवा बोलाएर छलफल कार्यक्रम अनलाइनबाट गर्ने गरिएको नेशनल इन्स्टिच्यूट अफ हेल्थ (एनआइएच)सम्बद्ध जनस्वास्थ शोधकर्ता भुवन गौतमले बताए । गौतमले भने, “सामाजिक दुरी कायम राखेर कसरी पूजाआजा र दाहसंस्कार गर्ने भनेर पण्डितले पनि सिकाउन थालेका छन् ।”

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !