site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोनाको संक्रमण रोक्न हरिसिद्धिमा औषधि छर्किने र मास्क बनाउने काम सुरु

ललितपुर। फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक नेपाली नागरिकमा कोरोना पोजेटिभ भएसँगै नेपाल सरकार यसको संक्रमण नियन्त्रणमा उच्च सजकता अपनाउन थालेको छ । 

सरकारले कोरोना संक्रमण फैलिनबाट रोक्‍ने पहलस्वरु चैत ११ देखि चैत १८ गतेसम्म देशैभरी ‘लकडाउन’ को निर्णय गरेको छ । 

सबैले आ–आफनो तवरबाट देशमा कोरोनाजस्तो महामारीको संक्रमण हुन नदिन तयारी गरिरहँदा, हरिसिद्धि नगरपालिकाको वडा नम्बर २८ ले पनि आफनो तयारी सुरु गरेको छ । 
मंगलबारबाट हरिसिद्धिमा सडक तथा टोलमा औषधी छरेर संक्रमण रोकथाम गर्ने कार्य अघि सारेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सरकारले लकडाउनको घोषणा गरेके बेला सबै घरभित्रै हुने भएकोले औषधी छर्किनु प्रभावकारी हुने देखिएर आजबाट सुरु गरेका हौ”, वडानम्बर २८ का अध्ययक्ष राजेश महर्जनले बाह्ररीलाई बताए ।

योसँगै अहिले कपडाको मास्क सिलाउने काम पनि भइरहेको छ । यो लकडाउनको अवधिभरी प्रयाप्त मास्क बनाएर उक्त वडाका प्रत्येक घरमा मास्क र ५० मिलिलिटर ह्यान्ड स्यानिटाइजर वितरण गर्ने तयारीमा २८ वडाका प्रतिनिधिहरु जुटिरहेका छन् ।

अहिले प्रत्येक टोलको चोकचोकमा एक साबुन र पानीको व्यवस्था गर्ने काम पनि सुरु भैसकेको छ र विस्तारै सबै टोलमा पुर्‍याउने पनि बताइएको छ ।

“हामीले देशैभरी गर्न नसके पनि आफनो वडा वा भनौं नगरका जनतालाई भने यो महामारीबाट बचाउन सक्दो कोशिस गरिरहेका छौ र गर्ने छौं” २८ वडाका सदस्य प्रज्वल महर्जनले बताए । यसैगरी सूचना जारी गरी सबैलाई घरमै बस्‍न र सरकारलाई ‘लकडाउन’ कार्यमा सहयोग गर्न पनि अपिल गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १७:१४
प्रतिक्रिया दिनुहोस्