राजनीति
काठमाडौं । सार्क राष्ट्रहरु मिलेर बनाइने कोभिड -१९ आपतकालीन कोषका लागि नेपाल सरकारले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आपतकालीन कोष स्थापना गर्ने प्रस्तावको यसअघि नै स्वागत गरिसकेको जनाउँदै १० करोड नेपालको योगदान रहने बताएका हुन् ।
उनले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । भारत सरकारले उक्त कोषका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६ १८:२३
प्रतिक्रिया दिनुहोस्