site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलकुद प्रतियोगिताहरु सबै स्थगित, एन्फामात्रै अटेरी !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को प्रभाव विश्व खेलकुद जगतमा धेरै परेको छ ।

कोरोनाका कारण ठूला ठूला खेलकुद प्रतियोगिताहरु स्थगित हुन पुगे । 

यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमा पर्यो । हालसम्म नेपालमा कोरोना संक्रमित नभेटिए पनि यसको असर सबै ठाँउमा देखिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विश्व फुटबलको सर्वाेच्च निकाए (फिफा) र एसियन फुटबल फेरेडेसन (एएफसी) ले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै विश्वकप छनोटका खेलहरु स्थगित गराए । 

त्यसमा एसिया छनोटको खेल पनि स्थगित भयो । त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिष्द (आईसीसी) अन्तर्गत रहेका सबै खाले क्रिकेट प्रतियोगिताहरु पनि स्थगित भए ।

Royal Enfield Island Ad

फुटबल लिगहरु च्याम्पियन्स लिग, युरोपा लिग, प्रिमियर लिग, इटाली सिरि ए, फ्रान्सको आई लिग, स्पेनको ला लिगा स्थगित भएका छन् । विश्व क्रिकेटका  ठूला सिरिजहरु पनि कोरोनाका कारणनै स्थगित भएका छन् ।

त्यस्तै नेपाल सरकारले ठूलो सभा, समाहारोह र सम्मेलन नगर्न सबैलाई अग्रह गरेको छ । 

त्यसले नेपाली खेलकुद प्रतियोगिताहरु पनि स्थगित भएका छन् । खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालमा खेलकुद प्रतियोगिताहरु नगर्न निर्देशन दिसकेका छन् ।

नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) पनि अनिश्चितकालका लागि स्थगित हुन पुग्यो । 

विश्वस्तरका खेलाडीहरुलाई सहभागिता गराउँदै हुन लागेको क्रिकेट प्रतियोगितामा आयोजक ईपीएललाई धरै ठूलो असर पर्यो ।

कोरोनाका कारण नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘बी’ डिभिजन लिगबाहेक सबै खेलकुद प्रतियोगिताहरु रोकेको छ । 

एन्फाकै आयोजनामा हुन लागेको राष्ट्रिय फुटबल, महिला लिग, सी डिभिजन लिगसहित राष्ट्रिय लिग स्थगित भए । 

त्यस्तै मोफसलमा गोल्डकपहरु पनि एन्फाले स्थगित सम्बन्धित जिल्ला संघलाई पत्रचार गरेसँगै सबै गोल्डकपहरु स्थगित हुन पुगेका छन् ।

तर, एन्फाले सहिद स्मारक बी डिभिजन लिगलाई भने स्थगित गर्न मानेको छैन् । 

कोरोनाको प्रवाह नै नगरी एन्फाले सोमबार मात्र बी डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक गरेको छ । 

फिफा, एएफसी र राखेपको निर्देशनलाई अटेरी गर्दै लिग नरोक्ने एन्फाको तयारी छ । 

एन्फाले गैर जिम्मेवार हुँदै लिगमा धेरै दर्शक उपस्थित नहुने भन्दै खेलहरु जारी राखेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro