site stats
बाह्रखरी :: Baahrakhari
देश
अपरहण गरेकी बालिकालाई लडाकु बनाउन चाहन्थ्यो विप्लव समूह !

काठमाडौं । धनुषाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपरहण गरेर लगिएकी १४ वर्षीया बालिकालाई लडाकु बनाउन खोजिएको खुलासा भएको छ । प्रहरी अनुसन्धानका क्रममा ती बालिकालाई लगेर विप्लव समूहले आफ्नो सैन्य समूहमा सहभागि गराउन खोजीएको खुलासा भएको हो ।

प्रदेश-२ का डीआईजी प्रद्युम्‍न कार्कीले बुधबार दिउँसो सिन्धुलीको सिमानामा पर्ने धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ बाट बालिकालाई लगिएको थियो । ती बालिकाको घर भने सिन्धुली हो ।

Argakhachi Cement Island Ad

कार्कीका अनुसार ती बालिका र उनको परिवार सिन्धुलीसँग सीमा जोडीएको धनुषा क्षेत्रमा गाइगोठमा बस्दै आएका थिए । तर बुधबार आमाबुबा नभएको अवस्थामा फकाएर ती बालिकालाई लगिएको थियो । 

डीआईजी कार्कीले भने,“उनीहरुले ती बालिकालाई लडाकू बनाउन खोजेको देखियो । बालिका अपरहणको अन्य कारण देखिँदैन् ।” बालिकालाई दिउँसो ३ बजेको समयमा लगिएको परिवारले जानकारी पाएपछि प्रहरीलाई भने ५ बजे खबर गरिएको थियो । बुधबारबाटै सिन्धुली, धनुषालगायतबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सयुक्त टोलीले अपरहणकारी र बालिका सर्च अभियान सुरु गरेको थियो ।

बिहीबार बालिकाको कटारी नगरपालिका–१ बाट सकुशल उद्धार गरिएको छ । प्रहरी अपरेसनका क्रममा ५ महिलासहित १३ जना विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ परेका छन् । डीआईजी कार्कीले भने,“पक्राउ परेका सबै विप्लव समूहका तालिमप्राप्त लडाकु भएको खुलेको छ । प्रहरीले समयमै सुचना पाएर अपरेसन सफल भएको छ ।’’

उनीहरुको साथबाट तीन थान पेस्तोल, १२ वटा बम  र जनसेनाको सैन्य पोसाक समेत बरामद भएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १८:१३
प्रतिक्रिया दिनुहोस्