site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
झापामा अन्तर्राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुँदै
SkywellSkywell
Dabur Nepal
NIC Asia

झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले यही फागुन २० देखि २५ गतेसम्म आयोजना गर्ने प्रतियोगितामा नेपाल, भारत, भूटान र बङ्गलादेशका गरी २५० खेलाडीको सहभागिता रहने आज काँकडभिट्टामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

क्लबका अध्यक्ष राजु कार्कीले यो दोस्रो संस्करणमा हुने प्रतियोगिताका लागि नेपाल चेस एसोसिएशनबाट समेत स्वीकृति लिइसकेको बताए । उनले बङ्गलादेशका २०, भारतका ३० तथा नेपालका केही खेलाडीले प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराइसकेको र भूटानबाट समेत खेलाडी सम्पर्कमा आइरहेका बताए ।  

प्रतियोगितामा खुलातर्फ २० उत्कृष्ट खेलाडी पुरस्कृत हुनेछन् । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु ६० हजार,  रु ५० हजार र रु ४० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा थप उत्कृष्ट १७ खेलाडीलाई अधिकतम रु १८ हजारदेखि न्यूनतम रु पाँच हजारसम्मको नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव अशोक राईले बताए । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सञ्चालन हुने प्रतियोगितालाई मेची युमा चेस एकेडेमीले सहयोग गरेको छ । प्रतियोगिता सञ्चालनमा करीब रु २४ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro